-
सुनसरी, फागुन-८ गते सनिवार ।।
-
जनप्रभाव न्यूज
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका- ८ का १४ बर्षीय प्रज्वल राईको बालुवा र माटो सहितको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।
आज दिउसो १ बजे बराहक्षेत्र-८ सालबन्दी स्थित कोशी नदिको किनारमा रहेको पानी जमेको भौडीको डिलमा खेल्ने क्रममा अचानक प्रज्वललाई बालुवा र माटो सहितको ढिस्को झरी पुरेको स्थानीयले देखी तत्काल उपचारार्थ बराहक्षेत्र नगर अस्पतालमा लगिएको र उपचारको क्रममा बालक प्रज्वलको दिउसो २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !