Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

शहरभित्र नयाँ शहर बनाउँदै भरतपुर महानगरपालिका

  • चितवन,फागुन ८ गते सनिवार ।।
  • जनप्रभाव न्यूज

जिल्लाको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने भएको छ । सिङ्गो शहरको जति सुविधा हुने गरी निजी क्षेत्रमार्फत व्यावसायिक भवन बनाउन लागिएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर – ३ मा पर्ने लायन्स चोकमा रहेको ११ कट्ठा सात धुर जमिनमा ५० मिटर अग्लो व्यावसायिक भवन बनाइँदै छ । महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणाबमोजीम निजी क्षेत्रबाट नक्साङ्कन, निर्माण, वित्त, सञ्चालन एवं हस्तान्तरण विधिबाट भवन बनाउँदै छ । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार आउँदो चैत महिनाभित्रमा निर्माणको सम्झौता हुने गरी काम अन्तिम चरणमा पुगेको छ ।

भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारी ऐन, नियमावली बनाएर राजपत्रमा प्रकाशित गरी व्यावसायिक भवन बनाउन लागेको हो । दाहालको भनाइमा भवन निर्माणका लागि निजी क्षेत्रबाट सातवटा कम्पनीले मनसाय पत्र पेश गरेका थिए । जसमध्ये चारवटाको मनसाय पत्र स्वीकृत भएको थियो । तीमध्ये तीन वटा कम्पनीले प्रस्ताव पत्र पेश गरेका छन् । प्राविधिक मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ ।

महानगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन, नियमावलीबमोजीम एकाइ प्रवद्र्धन समिति गठन गरी काम अघि बढाइएको छ । समितिको अध्यक्ष प्रमुख दाहाल हुनुहुन्छ भने सदस्य सचिवमा महानगरकै वरिष्ठ इ भरतकुमार आचार्य हुनुहुन्छ ।

आचार्यका अनुसार हाल प्रस्ताव पत्र पेश गरेका पिजन इञ्जिनीयरिङ, आर्य विल्डर्स र इनोभेटीव इञ्जिनीयरिङमध्येका एउटा कम्पनी छनोटमा परी चैत महिनाभित्रमा ठेक्का सम्झौता हुने छ । तीमध्ये छनोटमा परेका कम्पनीले करिब रु दुई अर्ब लगानी गरेर भवन बनाउने छन् । तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ भने उनीहरुले निर्माण पछि उपयोग गर्ने अवधि २७ वर्ष पाउने छन् ।

प्रस्ताव पेश गर्ने कम्पनीले १२ देखि १४ तल्ला बनाउने प्रस्ताव गरेका छन् । दुई तला भूमिगत पार्किङ हुनेछ । आचार्यका अनुसार कम्तीमा २५ लाख वर्ग फिटको भवन बन्ने छ । जहाँ २०० भन्दा बढी गाडी पार्किङ गर्न मिल्ने छ भने २०० भन्दा बढी दुई पाङ्ग्रे सवारी पार्किङ गर्न सकिने छ । पेश भएका प्रस्तावमा पाँच तारे होटलसमेत उल्लेख छन् । महानगरपालिकाले नै कम्तीमा तीन तारे होटल हुनैपर्ने उल्लेख गरेको छ ।

महानगरले मानव केन्द्रित अवधारणामा निर्मित खुला स्थान, कार्यालय तथा बैंकिङ सेवाका लागि पर्याप्त सुविधा, होटल, बालबालिका खेल्ने क्षेत्र, रेष्टुराँ तथा खाद्य सूविधा, सिनेमाहल तथा मनोरञ्जन केन्द्र बनाउनु पर्ने गरी प्रस्ताव माग गरेको दाहालले जानकारी दिनुभयो । शुरुमा आफैँ निर्माण गर्ने भनिएकोमा पछि सार्वजनिक निजी साझेदारी अवधारणाबमोजिम भवन बनाउन लागिएको हो ।

महानगरपालिकाले नागरिक उड्डयन प्राधिकरणसँग राय लिएर भवनको उचाइ तय गरेको हो । दाहालका अनुसार कूल जग्गाको क्षेत्रफलमध्ये आधा भागमा भवन बन्नेछ । उहाँले भन्नुभयो, “यो भरतपुर महानगरको गहना हुनेछ ।” जिल्लाको प्रमुख शहर नारायणगढमा पार्किङको अभावमा व्यवसाय प्रभावित भएको छ । यो भवन बनेसँगै महानगरवासी पूर्णरुपमा लाभान्वित हुने दाहालको भनाइ छ । नेपालमा ऐन नियमावली बनाएर निजी क्षेत्रको सहकार्यमा बनाउन लागिएको यो पहिलो र ठूलो परियोजना हो । उहाँले भन्नुभयो, “यो परियोजना देशकै नमूना बन्ने छ ।”

एउटै भवनभित्र सबै खालका सुविधा प्राप्त गर्ने भएकाले भरतपुर महानगरको शहरभित्रको एउटा महत्वपूर्ण शहरको रुपमा व्यावसायिक भवन बन्ने अपेक्षा गरिएको छ । भरतपुर महानगरपालिका–३ का अध्यक्ष चन्द्रमित्र पण्डित नारायणगढ बजारको सुन्दरता भवनले बढाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नारायणगढको भविष्यसँग जोडिने गरी हामी भवन बनाउँदै छौँ ।” देशकै मध्यभागमा रहेको नारायणगढ बजार राजधानी बाहिरका ठूलो बजारमध्येको एक हो ।

स्थान अभावका कारण सङ्कटमा पर्दै गएको अवस्थामा महानगरपालिकाले बेलैमा दीर्घकालीन सोचका साथ भवन बनाउन लागेको पण्डितको भनाइ छ । उपयुक्त प्रस्ताव छनोटका लागि महानगरपालिकाले मूल्याङ्कन समितिमा विरोक एण्ड कम्पनीका अध्यक्ष राधेश पन्तसहित चार जना विषय विज्ञलाई आमन्त्रण गरी काम गरिरहेको छ । पन्तले विगत तीन वर्षयता सार्वजनिक निजी साझेदारीसम्बन्धी कानून निर्माण र परियोजना सहजीकरणमा सहयोग गर्दै आउनुभएको छ ।

महानगरका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारी कहिल्यै पुरानो नहुने गरी आधुनिक र सुविधा सम्पन्न व्यावसायिक भवन बन्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “प्रमुख दाहालले दीर्घकालीन सोचका साथ नारायणगढ बजारलाई जीवन्त राख्ने गरी यो महत्वपूर्ण योजना ल्याउनुभएको हो ।” – रासस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh