-
पथलैया,फागुन ८ गते सनिवार ।।
-
जनप्रभाव न्यूज
क्षमता भन्दा बढी सामान बोक्ने सवारीसाधन ट्राफिक प्रहरीको लागि घुष असुल्ने गतिलो माध्यम बनेको छ। यस्ता सवारीसाधनबाट मासिक लाखौं रूपैयाँ ट्राफिक प्रहरीले लिने गरेको समेत खुलेको छ। पर्साको ड्राइपोट, भन्सार र आइसिपीबाट सामान सहितका गाडी ले क्षमता भन्दा दोब्बर मात्रै नभएर अझ बढी सामान बोक्ने गरेको र उनीहरूले बारा र पर्साका ट्राफिक प्रहरीलाई मात्रै नभएर पथलैया स्थित दुई नम्बर प्रदेशको ट्राफिक प्रहरी प्रमुखको नाममा समेत मोटो रकम दिने गरेको खुलेको छ।
यि ठाउँबाट निस्कने मालबाहक गाडीको क्षमता र स्वीकृति २७ टन बोक्ने भए पनि ती गाडीले ७५ देखि ८० टन सामान बोक्दै आएका छन् । २१ टन बोक्ने क्षमता भएकाले ५० देखि ५५ टन सामान बोक्दै आएका छन् । यसरी क्षमता भन्दा अत्यधिक सामान बोक्ने गाडीहरूबाट ट्राफिक प्रहरीले मोटो रकम लिने गरेको छ। पथलैया स्थित प्रदेश ट्राफिक प्रहरीमा हिमालय श्रेष्ठ सरूवा भएर आएको चारदिन क्षमता भन्दा बढी सामान बोक्ने साधनलाई नियन्त्रणमा लिदै कतिलाई ट्राफिक प्रहरी आफैले त कतिलाई यातायात कार्यालय पठाएर कारवाही गरिएको थियो । त्यसलगत्तै कारवाही गर्ने काम छोडियो ।
कारवाहीमा पर्ने सवारीसाधनमा बागमती प्रदेशमा नेपाली काङ्ग्रेसको संसदीय दलका नेता एवं व्यापारी इन्द्र बानियाँका समेत थिए। बानियाँ एसपी श्रेष्ठलाई भेट्न पथलैया ट्राफिक प्रहरी कार्यालय नै पुगेका थिए। त्यसपछि ट्राफिक प्रहरीले क्षमता भन्दा बढी सामान बोक्ने सवारीसाधनलाई कारवाही गर्न नै छाडिदिएको छ। भन्सारबाट आउने ट्रक, ट्रिपरले १७र१८ टनसम्म बोक्ने भनिए पनि २१र२२ टनसम्म सामान ल्याउने गरेको भेटिएको छ। मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ लागू भइसकेको छ ।
ट्राफिक प्रहरीले कारवाही नगरी छोडेपछि यातायात व्यवस्था बिभागले अनुगमन र कारवाही प्रक्रिया अघि बढाउने भएको छ। तौल पुल निर्माण गरेर बढी सामान बोक्ने त्यस्ता सवारीलाई जरिवाना गरेर कारबाही गर्न लागिएको हो । यातायात व्यवस्था विभागमार्फत चितवनको आँपटारी र महोत्तरीको बर्दिबासमा तौल पुल बनाइएको छ ।ती पुलमा तौल जाँच गराएर मात्र मालवाहक सवारीलाई गन्तव्यतिर पठाइनेछ र यसका लागि विभागका कर्मचारी र ट्र्राफिक प्रहरी खटिनेछन् । एक महिनासम्म पुलमा तौल जाँच गरिने र क्षमताभन्दा बढी तौल बोक्नेलाई कम बोक्न सम्झाइबुझाई गरिनेछ, ।त्यसपछि भने बढी सामान बोक्नेलाई नियमअनुसार जरिवाना गराइनेछ ।
त्यहीअनुसार तौल पुल निर्माण गरिएको हो ।‘सडक जति पैसा खर्च गरेर राम्रो बनाए पनि जबसम्म क्षमताभन्दा बढी सामान बोक्ने सवारी नियन्त्रण गर्न सकिँदैन, तबसम्म सडकमा पैसा खर्च गर्नु बालुवामा पानीसरह हो । एउटा पुल बनाउन १ करोड ४० लाख रुपैयाँ लागेको छ । यसले सडक दुर्घटना कम गराउनेछ ।
सडकको आयु पनि बढाउने छ । तौल पुल बनाउन विभागमा ८र१० वर्षदेखि बजेट आए पनि कार्यान्वयन हुन सकेको थिएन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !