-
काठमाडौं,फागुन ८ गते सनिवार ।।
-
जनप्रभाव न्यूज
आयोगले निर्वाचनको आन्तरिक तयारी पूरा भएको र फागुन २१ गते मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पाँचौँ निर्वाचन दिवसको अवसरमा एक शन्देस दिँदै फागुन भित्रै देशभरी मतदानस्थल र मतदान केन्द्रहरुको निधो गरिनेसमेत बताउनु भयो ।
सरकारले तोकेको मितिमै प्रतिनिधिसमाको निर्वाचन हुने बताउदै प्रमुख निर्वाचन आयुक्त थपलियाले त्यसका लागि आन्तरिक तयारी सकिएको अब बाह्य सामग्रीको बन्दोबस्त बाँकी रहेको बताउनु भयो ।
उहाँले कुनैपनि स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित हसन नहुने बताउदै निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने कुरामा आयोग सधै अडिग प्रतिबद्धतम जनाउनु भयो ।
निर्वाचन आयोगले आगामी निर्वाचन निस्पक्ष, स्वतन्त्र र मितव्ययी तवरले सम्पन्न गर्ने प्रयुख आयुक्त थपलियाले बताउनु भयो । जसका लागि मातहतका निकाय तथा संघसंस्था र राजनीतिक दलहरुको सहयोग अपरिहार्य रहेको समेत जनाउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गर्दै वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले उक्त सिफारिसलाई ५ गते नै अनुमोदन गर्नुभएको थियो । त्यसपछि संसद विघटनको कदम संविधान बिपरित भएको भन्दै सर्वोच्चमा एक दर्जनभन्दा बढि रिट परेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !