- काठमाडौँ,फागुन ८ गते सनिवार ।।
- जनप्रभाव न्यूज
महानगरीय प्रहरी परिसर ललितपुरले ३० लाख ८४ हजार रुपैयाँसहित ललितपुरको सुनाकोठीबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ । एसएसपी किरण बज्राचार्यले अनुसन्धान भइरहेको बताएकी छन् ।
प्रहरीले जुवाखालबाट ललितपुरका पूर्णमान श्रेष्ठ, बिनाेदप्रसाद घिमिरे, पूर्णमान माली, सानुकान्छा बस्नेत, राम खत्री, हिटलर श्रेष्ठ, अनिस महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, रामबहादुर लामा, प्रकाश भण्डारी, लालकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, बिनाेद महर्जन र चिनिकाजी महर्जन रहेका छन् । प्रहरीले जुवाखालबाट रकमसहित काैडा र तास समेत बरामद गरेकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !