- काठमाडौं, फागुन ७ गते शुक्रबार ।।
- जनप्रभाव न्यूज
भर्खंरै प्रदेश २ मा नियुक्त भएका प्रदेश प्रमुख डा. राजेश झा पत्रकार तथा मधेस मामिला विश्लेषक हुन् । मधेस आन्दोलन तथा मधेसवादका विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनी मधेस आन्दोलनलाई नजिकबाट नियाल्ने गर्छन् । रौतहट जिल्लाको गढीमाई नगरपालिका-३ सुन्दरपुरका उनी आरक्षण र मधेसी नेताको विरुद्ध कडा रुपमा प्रस्तुत हुने गर्दछन् ।
उनले यसअघि आफ्नो फेसबुकमार्फत् लेखेका छन्, ‘आरक्षणको आधार जात हुनु आफैमा विभेद हो। किनकि, सबै खस आर्य शोषक होइनन , सबै मधेशी पीडित होइनन्। सबै दलित गरिब छैनन , सबै जनजाति अनपढ छैनन। कुनै जात धनी वा गरिब हुन सक्दैन।’

















