- काठमाडौं , फाल्गुन ७ गते शुक्रबार ।।
- जनप्रभाव न्यूज
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आज शुक्रबार पदमुक्त गरेकी छन्।
कामचलाउ मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधाननको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

















