- नयाँदिल्ली ,फाल्गुन ६ गते बिहिवार ।।
- जनप्रभाव न्यूज
गायिका रिहानाले केही दिन अगाडि सामाजिक संजाल ट्विटरबाट भारतमा चलिरहेको किसानको आन्दोलनलाई समर्थन गरिन् । यसपछि, उनको चर्चा भारतमा खुबै भयो । बलिउडका कलाकारहरुले रिहानाको ट्विटमा प्रतिक्रिया जनाए । उनै, रिहानाले फेरि एक टपलेस तस्वीर सार्वजनिक गर्दै ट्विटरमा चर्चा बटुलिरहेकी छिन् । रिहानाको तस्वीर भारतमा निकै चर्चामा छ ।
ट्विटरमा रिहानाले टपलेस फोटो सार्वजनिक गरेकी छिन् । रिहाना टपलेस फोटोका कारण आलोचनाको शिकार भएकी होइनन् । उनले, भगवान गणेशको पेन्डेन्ट लगाएकी छिन् । भगवानको पेन्डेन्ट लगाएर टपलेस फोटो सार्वजनिक गरेको भन्दै उनको आलोचना भैरहेको छ । रिहानाले हिन्दु धर्ममाथि नै प्रहार गरेको भन्दै उनको ट्विटर एकाउन्ट बन्द गर्न भारतीयहरुले माग गरेका छन् । रिहानाले विवाद खडा गर्नकै लागि यो तस्वीर खिचाएको र गणेश भगवानको पेन्डेन्ट लगाएको आरोप समेत केही ट्विटर प्रयोगकर्ताले लगाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !