- काठमाडौं,फागुन ४ गते मंगलवार ।
- जनप्रभाव न्यूज
गत वर्ष धेरै मुद्दा दायर गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेकर्ड कायम ग¥यो । आयोगबाट केही ठूला मुद्दा पनि दायर भयो । अकुत सम्पत्ति आर्जन सम्बन्धि मुद्दा पनि विगतको भन्दा धेरै दायर भए । तर, त्यसमा राजनीतिक नेतृत्व भने कोही थिएनन् ।
अकुत सम्बन्धि छानबिन अघि बढेका कतिपय केसलाई पनि तामेलीमा राखिएको आयोगको प्रतिवेदनबाट प्रष्ट भएको छ । प्रतिवेदनअनुसार विस्तृत छानबिन भएर पनि तामेलीमा राखिएकाहरु ८ जना छन् ।
जसमध्ये पहिलो नम्बरमा ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणा छिन् । पूर्व सांसद भएको हिसाबले उनीमाथि आयोगले छानबिन गरेको थियो । उनको सम्पत्ति अस्वभाविक पनि देखिएको थियो । तर, आयोगले दबाबकै भरमा तामेलीमा राखेको स्रोत बताउँछ ।
उनीसहित उपसचिव विन्देश्वर प्रसाद लेखक, यातायातका खरिदार सुमन पोखरेल, बिद्युत् प्राधिकरणका कर्मचारी सुमनराज पाण्डे, दुरसञ्चार कम्पनीका पूर्व निर्देशक रविन्द्र झा, स्वास्थ्य सेवा विभागबाट अवकाशप्राप्त डाक्टर नरेशप्रताप केसी, पूर्वाञ्चल विश्वबिद्यालयका पूर्व उपकुलपति रामावतार साह र कर अधिकृत मोहन प्रसाद ढकालको छानबिन तामेलीमा राखेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !