- एजेन्सी : फाल्गुन ३ गते सोमबार ।।
- जनप्रभाव न्यूज
निर्वाचित जनप्रतिनिधिलाई अपदस्त गरेर ‘कू’ गरेको म्यान्मारको सेना सडकमा निस्किएको छ । यसले सैन्य कदमविरुद्ध भइरहेका प्रदर्शन हिंसात्मक बन्ने चिन्ता बढाएको छ ।
बीबीसीका अनुसार, बख्तरबन्द गाडी याङ्गुनको सडकमा उतारिएको छ । सैन्य ‘कू’पछि पहिलोपटक यसरी म्यान्मारको सडकमा सेनाको बख्तरबन्दी गाडी उतारिएको हो ।
उत्तरी क्षेत्रको प्रदर्शनमा गोली चलेको आवाजसमेत सुनिएको छ । बीबीसीले स्वचालित हतियारबाट गोली चलेको बीबीसी समाचारमा उल्लेख भए पनि विस्तृत विवरण छैन ।
सडकमा सैनिक उत्रिएपछि पश्चिमा राष्ट्रका दूतावासहरूले हिंसाको प्रयोग नगर्न आग्रह गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !