- काठमाडौं,फाल्गुन २ गते आइतबार ।।
- जनप्रभाव न्यूज
बैंकिङ कसुर मुद्दाका फरार मनोज भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । कैलाली घर भएका भण्डारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नयाँ बानेश्वरबाट पक्रेको हो ।
भण्डारीले दिएको ४ करोड २० लाखको चेक बाउन्स भएको छ । बैंकिङ कसुर मुद्दामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । ३९ वर्षीय मनोज ठेकेदार हुन् ।

















