- मोरङ, फाल्गुन १ गते सनिवार ।।
- जनप्रभाव न्यूज
मोरङको जहदा गाउँपालिका-१ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका-१ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन् ।
सवरियाका ज्वाई नाता पर्ने मण्डलले बुधवार बिहान सवा ७ बजेको समयमा सामान्य घरायशी बादबिबादको बिषयमा धारिलो हतियार दाउले टाउकोमा प्रहार गर्दा घाईते भएकी सवरियाको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा आज दिउँसो २ बजे मृत्यु भएको हो ।
सवरियाको हत्या आरोपमा पक्राउ परेका मण्डलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !