Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राष्ट्रपतिले देउवालाई होच्याउँदा मानहानी नहुने,झाँक्रीले बोल्दा महामहिमको अपमान हुने ?

  • काठमाडौं ,माघ ३० गते शुक्रबार ।।
  • जनप्रभाव न्यूज

नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले गएको माघ १६ मा गोरखामा दिएको अभिब्यक्तिलाई लिएर उनलाई गिरफ्तार गर्न लगाएपछि राष्ट्रपति विद्या भण्डारीको २०७६ असोज ३ को राष्ट्रियसभा गृहको सम्बोधन पनि स्मरण गर्न थालेका छन् । राष्ट्रियसभागृहमा गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभूषण तथा अभिनन्दन कार्यक्रममा अतिथिका रूपमा राष्ट्रपति भण्डारीले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बोलीमा हुने अस्पष्टतालाई लिएर होच्याएर बोलेकी थिइन् । राष्ट्रपति भण्डारीले उक्त कार्यक्रममा बोलेको कुरालाई लिएर सामाजिक सञ्जालमा अनेक टीकाटिप्पणी भएका थिए ।

प्रतिपक्षी दलका नेतालाई गिज्याएको र होच्याउने काम गरेको आरोप राष्ट्रपति भण्डारीमाथि लागेको थियो । त्यो बेला स्वयं देउवाले नै त्यो बिषयलाई उछालेनन् । तर राष्ट्रपतिले देउवालाई त्यो बेला होच्याएकी थिइन् । जुन अभिब्यक्तिको समाचार र भिडियो अहिले पनि अर्काइभमा पाउन सकिन्छ ।

राष्ट्रपति भण्डारीले सम्बोधनका क्रममा भनेकी थिइन्–यो मञ्चमा वक्ताले बोलेको केही बुझिँदोरहेनछ । नेताहरू जोसिएर बोल्नुभयो । फ्लोरबाट एकदम स्वागत भयो, ताली बज्यो । राम्रो बोल्नुभएको होला भन्ने चाहिँ लाग्यो ।

उक्त कार्यक्रममा राष्ट्रपति भण्डारी भन्दा अघि देउवाले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा सभापति देउवाले प्रष्ट शब्दमा बुझिनेगरी विभिन्न विषयमा सरकारको आलोचना गरेका थिए । उनले ऐन तथा विनियमहरू ल्याएर वर्तमान सरकारले संविधानको मूलभूत मर्ममाथि नै प्रहार गर्न खोजेको बिषय उठाएका थिए । ‘दुईतिहाइको सरकार भन्दैमा प्रजातन्त्रका आधारभूत कुरा हटाउन पाइन्छ ? देउवाको प्रश्न थियो । धेरै अधिकारहरू आफूमा केन्द्रित गर्न थालेको भन्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको दर्शकदिीर्घामा सुनेर ताली बजाउने र मंचकै छेउमा बसेकी राष्ट्रपति भण्डारीले कसरी सुनिनन् ?

राष्ट्रपति भण्डारीले देउवाको कुरा नबुझेको होइन, सरकारको आलोचना गरेकाले देउवाको कुरा नसुनेको भनेर होच्याएको अर्थमा त्यतिबेला सबैले लिएका थिए ।

राष्ट्रपति भण्डारीले देउवाको बोली नबुझेको भनेपछि दर्शकदीर्घाबाट हाँसोको फोहरा छुटेको थियो । पदीय गरिमा भुलेर राष्ट्रपति पनि मुसुक्क हाँसेको सार्वजनिक भएको भिडियोमा अहिले पनि हेर्न सकिन्छ ।

मंचको छेउमा बसेर देउवाले प्रष्ट बोलेको बिषयमा नबुझेको भनी अभिब्यक्ति दिने राष्ट्रपति भण्डारीले आफ्ना बिरुद्ध अभिब्यक्ति दिने रामकुमारी झाँक्रीलाई पक्राउ गर्न लगाउनु नहुने थियो । तर, शासकीय दम्भ देखाएर उनलाई बिहीबार गिरफ्तार गरियो ।

प्रधानमन्त्री केपी ओलीको चर्को दबाब थेग्न नसकेर आइजीपी शैलेश थापा क्षेत्रीले अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापालाई झाँक्रीलाई सोधपुछका लागि ल्याउन निर्देशन दिएका थिए । हत्तपत्त विवादमा आउन नचाहने नरम स्वभावका एसएसपी थापा झाँक्रीलाई राज्यबिरुद्धको कसुरमा गिरफ्तार गर्दा विवादमा परिन्छ भन्ने थाहा हुँदाहुँदै आदेश पालना गर्न बाध्य भए । बिहीबार उनलाई महाशाखामा ल्याएर ४ वटा बिषयमा प्रश्न गरी ५ घन्टामै छाड्ने वातावरण पनि थापाले मिलाए । झाँक्रीको गिरफ्तारीका क्रममा प्रहरीले बेहोर्नुपरेको सास्ती र नाराबाजीलाई नजिकबाट नियालेका एसएसपी थापाले उनलाई राख्दा हुनसक्ने बिरोधलाई देखेर बिहीबार साँझ छाडिदिएका छन् ।

गोरखाको सिरानचोक गाउँ कमिटी नेकपाले माघ १६ मा आयोजना गरेको बिरोधसभालाई सम्बोधन गर्दै झाँक्रीले भनेकी थिइन्–राष्ट्रपतिको कुरा त के गर्नु ?

बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ,अस्ति निर्वाचन आयोगको प्रतिवेदन बुझ्दै । म बडामहारानीलाई यहीँ गोरखाबाटै सन्देश दिन चाहन्छु–‘निर्वाचनको तयारीका लागि कारगेट छाडेर, सुख सुविधा, ऐस आराम, शीतल निवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुनेको थिएँ । होइन भने बालकोटै गए पनि हुन्छ । र, नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो, त्यसको तयारी गरेर सन्देश पठाउनुस् । तपाईंसँग म पनि अलि भारी हुन्छ होला । यही रेखा लोप्चनलाई चुनाव लडाउँछौं र हराउँछौं । तपाईंका लागि म पनि भारी हुन सक्छु ।

त्यसकारण बडामहारानीले हामीले प्राप्त गरेका, हामीले संघर्ष गरेर ल्याएका अधिकारहरुमाथि गिद्देदृष्टि लगाएर एउटा गुटको, खास गुटको मान्छेको तुष्टि फेर्नका लागि गरिएका असंवैधानिक कदम किमार्थ पनि स्वीकार्य हुन सक्दैन ।’

यहाँ बालकोट भन्ने शब्द झाँक्रीले नबोलेको भए केही पनि हुने थिएन । फेरि उनले बालकोट मात्रै पनि त भनेकी छैनन्, कोटेश्वर, बानेश्वर र चावहिल पनि त उल्लेख गरिएको छ । झाँक्रीको अभिब्यक्तिलाई लिएर राष्ट्रपतिको छोरी उषाकिरण भण्डारीले भावुक लेख लेखिन् भने राजनीतिमा आएदेखि राष्ट्रपति हुनु अघिल्लो दिनसम्म विद्या भण्डारीले नेतृत्व गरेको अखिल नेपाल महिला संघका सीता पौडेल, सुजिता शाक्यहरुले क्राँक्रीलाई कडा कारबाही गर्न गृहमन्त्री रामबहादुर थापा बादललाई माघ २१ मा ज्ञापनपत्र नै बुझाएका थिए ।

रामकुमारी झाँक्रीले आफ्नै बुताले यो ठाउँ बनाएकी हुन् । विद्या भण्डारीले मदन भण्डारीको बिरासतमा अहिलेको स्थान प्राप्त गरेकी हुन् । रामकुमारीहरु विद्यार्थी आन्दोलनमा नर्सरीदेखि नै आएका हुन् । पद्मकन्या क्याम्पसमा अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उम्मेदवारी दिन समेत सक्ने अवस्था थिएन । त्यो बेला रामकुमारी झाँक्रीले नेविसंघको दादागिरी र गुण्डागर्दीसँग पटक पटक जुधेर उम्मेदवारी दिएको कुरा अहिलेका नेकपाका अधिकांश नेताहरु जो विद्यार्थी आन्दोलनबाट आएका हुन्, उनीहरुलाई एक एक जानकारी छ ।

नेविसंघले उनलाई उम्मेदवारी दिनबाट रोक्न ढुंगा र रडले प्रहार गरी टाउको फुटाए तर उनी कहिल्यै पनि पछि हटिनन् । अनेरास्ववियुको झण्डा झुक्न दिइनन्, डटेर लडिन् । अनेरास्ववियुको संगठन पद्मकन्यामा बिस्तार गरेरै छाडिन् । तर बिरासतमा राजनीति गरी रामकुमारीहरुले खडा गरेको पार्टीको बैशाखी टेकेर उच्च पदमा पुगेकाहरुले आज बिरोधको सानो स्वर पनि सुन्न नसकी उनलाई गिरफ्तार गराउनु राजनीतिको बिडम्बना मान्नुपर्छ ।नेपाल फेस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh