- काठमाडौं ,माघ २९ गते बिहीबार ।।
- जनप्रभाव न्यूज
जनता समाजवादी पार्टी (जसपा) का संघीय अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नागरिकको आवाज थुन्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । नेतृ रामकुमारी झाक्रीको गिरफ्तार संगै सरकारको काल पनि आएको र अब धेरै दिन टिक्न नसक्ने उनले बताएका छन् ।
सामाजिक संजाल ट्विटरमा उनले लेखेका छन् ,`ओलि सरकारले रास्ट्रपति बारे बिचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाक्रीलाई गिरफ्तार गरेछ।नेपालको संविधानले प्रत्येक नागरिकललाइ`बिचार र अभिव्यक्तिको स्वतन्त्र दिन्छ !´संविधानको पालना र संरक्षण गर्नुपर्ने रास्ट्रपतिले नै उल्लंघन गरेपछी किन नबोल्ने ?यो सरकारको काल आएकै हो?उनले भनेका छन् ।


















