- काठमाडौं, माघ २९ गते बिहीबार ।।
- जनप्रभाव न्यूज
नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( प्रचण्ड-नेपालसमूह ) का वरिष्ठ नेता झलनाथ खनालले केपी ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेको बताएका छन् । बुधबार काठमाडौंमा दाहाल-नेपाल समूहद्वारा काठमाडौंमा आयोजित विरोधसभामा बोल्दै नेता खनालले ओलीलाई मार्क्सवादमा विश्वास हुन छाडेर पशुपतिनाथको मूर्तिमाथि विश्वास हुन थालेको बताए ।
‘केपी ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसके । अब पशुपतिनाथमा गएर संकल्प पूजा गर्ने अवस्थामा पुगिसिके । मार्क्सवादमाथि विश्वास छैन, भविष्यमाथि विश्वास छैन । ओलाई अब पशुपतिनाथको मूर्तिमाथि विश्वास छ,’ खनालले भने । अहिलेको लडाइँ नेकपाको दुई गुटको नभइ ओलीको प्रतिगामी कदमविरुद्ध भएको खनालको भनाइ छ । ‘यो आन्दोलन प्रतिक्रान्तिका विरुद्ध, सम्पूर्ण नेपाली जनताको आन्दोलन हो । यो क्रान्ति हो । प्रतिक्रान्ति भएको देशमा । त्यो प्रतिगनम हो,’ उनले भने,’त्यसका विरुद्ध अर्को क्रान्ति गर्दैछौं । ओलीको तानाशाही प्रवृत्तिविरुद्ध हो । सिंगो देशका जनताको आन्दोलन हो । नेकपाको दुई गुटको लडाइँ हैन ।’
अहिलेको आन्दोलनलाई निष्कर्षमा पुर्याएर मात्रै नेकपाले विश्राम लिने खनालले बताए । उनले नेपाली कांग्रेस र जसपालाई संयुक्त आन्दोलनमा आउन पनि आग्रह गरे । ‘यो संघर्षलाइ विजयको बिन्दुसम्म नपुगेसम्म नेकपाले विश्राम गर्दैन । नेपाली कांग्रेस, जसपालगायत सबै वामपन्थी पार्टीहरुलाई पनि आग्रह गर्दछौं । आउनुस् संयुक्त आन्दोलन गरौं । यो नेकपाको मात्रै आन्दोलन हैन । देशलाइ विजयको शिखरमा पुर्याउँ । संसद् पुनःस्थापनाको विकल्प छैन । र समाजवादको दिशातर्फ अगाडि बढौं,’ खनालले भने ।
नेता खनालले दुईवर्षपछि हुने चुनावमा ओलीको जमानत जफत हुने पनि दाबी गरे । ‘दुईवर्षपछि चुनाव हुन्छ, त्यो चुनावमा केपी ओलीको जमानत जफत हुन्छ,’ उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !