Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अग्रवालको सौजन्यमा सम्पत्ति शुद्धिकरण विभागका एसपीको तीर्थयात्रामा


  • काठमाडौं,माघ २९ गते बिहिवार ।।
  • जनप्रभाव न्यूज


नेपालमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग झिनामसिना गुण्डाहरुको छानबिनमै सीमित देखिएको छ । अबैध हुन्डीबाट अथाह कमाउँदै अहिले नेपालको बिजनेश टाइकुन बनेका र उद्योग बाणिज्य महासंघकै नेतृत्वमा पुगेका चन्द्रप्रसाद ढकाल, नेपालमा सुन तस्करी गरी अरबौंको साम्राज्य बनाएका दीपक मल्होत्रा, रक्तचन्दनको कारोबारबाट उदाएका बालकृष्ण शिवाकोटी, सुहृद घिमिरेहरुले गरेको सम्पत्ति शुद्धिकरणतिर नजर पनि लाउन सक्दैन । मेडिकल कलेजका सुनिल शर्मा र खुमा अर्यालहरुको उजुरीमा सम्पत्ति शुद्धिकरण गरेको पर्याप्त प्रमाण हँुदा पनि धुलो लागिसकेको छ ।

संम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो । प्रधानमन्त्री केपी ओलीले विभागमार्फत् भ्रष्टाचार गरी सम्पत्ति शुद्धिकरण गर्नेमाथि कारबाही गर्नका लागि विभागलाई प्रभावकारी बनाउन उनीमातहत लगेको तर्क समेत कतिपयले गरेका छन् । तर प्रधानमन्त्री कार्यालय मातहत लगेपछि झन् प्रभावकारी हुने अपेक्षा विपरीत विभाग उजुरीमा मोलमोलाई गर्ने अड्डामा परिणत भएको छ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले विगतमा यातायात ब्यवस्था विभागमा हुँदा देखाएको क्षमता सम्पत्तिमा देखाउन सकेनन् । उनी पहिला राजस्वका उपसचिव विनोद लामिछानेको सेटिङमा रमाए भने पछिल्ला दिनमा एसपी रविन्द्र रेग्मीको चंगुलमा परेका छन् । विभाग स्थापनादेखि कार्यरत लामिछाने ६ महिनाअघि करतादाता सेवा कार्यालयमा सरुवा भएपछि विभागमा सेटिङको काम रेग्मीले गर्दैआएका छन् ।

विभागमा नरेन्द्र उप्रेती एसपी हुन्जेल त्यति आकर्षक मानिदैनथ्यो । तर पछिल्ला दिनमा तराईका जिल्ला भन्दा विभागको प्रहरी महाशाखा प्रमुख रोज्न थालेका छन् । सम्पत्ति शुद्धिकरणमा सरुवा माग्न तराईका जिल्लाको इन्चार्ज हुनभन्दा बण्ी संघर्ष हुने गरेको छ । नेपाल प्रहरीमा भाग्यमानी अधिकृतमा पर्दतर पछिल्ला दिनमा तराईका जिल्ला भन्दा विभागको प्रहरी महाशाखा प्रमुख रोज्न थालेका छन् । सम्पत्ति शुद्धिकरणमा सरुवा माग्न तराईका जिल्लाको इन्चार्ज हुनभन्दा बण्ी संघर्ष हुने गरेको छ ।

नेपाल प्रहरीमा विभागमा जान पाउने भाग्यमानी अधिकृतमा पर्दछन्, एसपी रविन्द्र रेग्मी । डीएसपी हुँदा काठमाडौंको मुद्दा फाँटको प्रमुख हुँदै धादिङमा हुँदा पनि विवादमा परेका रेग्मी हाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको प्रहरी महाशाखा प्रमुख छन् । उनले प्रहरी महाशाखा प्रमुखका रुपमा ठूला ठूला माफियाहरुको उजुरीका फाइलमा अनुसन्धान गर्ने सौभाग्य पाएका छन् ।

कोरोना महामारी सुरु हुँदाताका २०७६ चैत अन्तिममा ज्वरो नाप्ने थर्मोगन कूटनीतिक नम्बरप्लेटको गाडीमा कालोबजारी गर्दागर्दै पक्राउ परेका सुलभ अग्रवालसँग एसपी रेग्मीको कनेक्सनको बारेमा अहिले विभागभित्रै टिकाटिप्पणी हुने गरेको छ । २ हजार ५ सयमा पाइने थर्मोगन १६ हजारदेखि २२ हजार रुपैयाँ प्रतिगोटा त्यो पनि कूटनीतिक नियोगको गाडीबाट कालोबजारी गर्दागर्दै पक्राउ परेका अग्रवाल २४ दिनसम्म हिरासतमा बसी छुटेका थिए । उनका बिरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको थियो । तर एसपी रेग्मीले अग्रवालको फाइलमा अनुसन्धान गर्नुको साटो उनीसँग मिलेर लाभ लिएको आरोप छ । विभागको अनुसन्धानमा रहेका अग्रवालको सौजन्यमा एसपी रेग्मीले भारतका विभिन्न धार्मिक तीर्थस्थलको भ्रमण गरेको खुलेको छ । स्रोतका अनुसार नेपाल–भारत सीमा बन्द भएता पनि २०७७ पुसमा एसपी रेग्मी बीरगंज हुँदै अवैध बाटोबाट रक्सौल पुगे । रक्सौलबाट जीप लिएर बनारस विश्वनाथ दर्शन गरी त्यहाँबाट जयपुर गए । जयपुरको चर्चित खाँटुश्याम र सालसर हनुमान मन्दिर परिक्रमा गर्दै उनी नेपाल फर्किएका हुन् ।

अनुसन्धान भइरहेका ब्यक्तिको सौजन्यमा उनले भारतको तीर्थाटन गरेपछि सुलभ अग्रवालको उजुरी अब तामेलीमा जाने निश्चित जस्तै भएको विभाग स्र्रोत बताउँछ । यसबारेमा एसपी रेग्मीसँग प्रतिक्रिया लिंदा उनले भने, मैले अग्रवालको उजुरी नै हेरेको छैन । महानिर्देशकलाई नै सोध्नुस् न, उजुरी कसले हेरेको हो, स्पष्ट भइहाल्छ । उनले भने–‘ममात्र होइन, अरु पनि भारत भ्रमणमा गएका हौं । तर कसैको खर्चमा गएका होइनौं ।’नेपाल फेस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh