- कञ्चनपुर,माघ २७ गते मंगलवार ।।
- जनप्रभाव न्यूज
लामो समयदेखि लुकिछिपी नेपालमा लागूऔषध भित्र्याउने गिरोहका नाइके भारतीय युवकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चर्तुवेदीले प्रहरी टोलीले चेकजाँच गर्दा भारतको पिलिभित जिल्ला बम्मनपुर पधिरत शारदा बस्ने ३२ बर्षीय सुच्चा सिंहलाई विशेष सुचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले अभियुक्त भारतीय नागरिक सिंहलाई यहाँको बेलौरी नगरपालिका–६ सुतियाबाट शंका लागेर जाँच गर्दा २० ग्राम ८० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको बताउनुभयो ।

“ प्रारम्भिक अनुसन्धानले भारतीय नागरिक सिंह सीमा क्षेत्रमा लागूऔषध सप्लाई गर्ने मुख्य व्यक्ति भएको देखिन्छ ।” एसपी चर्तुवेदीले भन्नुभयो–“ घटनाबारे सुक्ष्म रुपमा अनुसन्धान हुदैछ ।” खैरोहिरोइन नेपाल पु¥याउने आएको मौकामा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कमलकुमार खड्काको नेतृत्वमा खटिएको टोलीले सिंहलाई पक्राउ गरेको हो ।

केहीदिन अघि पनि बेलौरी क्षेत्रबाट प्रहरीले ठुलो मात्रामा खैरोहिरोइन र ब्राउनसुगरसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरीको नेतृत्व सम्हालेसंगै प्रहरी उपरीक्षक चर्तुवेदीले यहाँ लागूपदार्थ न्युनीकरणमा सक्रियता देखाएसंगै एकपछि अर्को सफलता मिल्दै गएको छ ।
