- पर्सा,माघ २६ गते सोमबार ।।
- जनप्रभाव न्यूज
१ लाख ९३ हजार रुपैया नेपाली नक्कली नोट सहित एक भारतीय युवक वीरगञ्जबाट पक्राउ परेका छन्।नक्कली नेपाली नोटसहित पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी रक्सौल बस्ने वर्ष २२ को अमनदिप कुमार सिंह रहेका छन्।विशेष सुचनाको आधारमा जिल्ला प्रहरी र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सिंहलाई वीरगञ्ज महानगरपालिका १३ राधेमाई बाट चेकजाँच गर्नेक्रममा नक्कली नोटसहित पक्राउ गरेको हो।
बी आर ०५ एएम ६०९७ नमबरको मोटरसाईकलमा सवार भई आइरहेको सिँहको खानतलासी गर्दा उनको साथबाट एक हजार दरका १ सय ९३ वटा नेपाली नक्कली नोट बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिए।उनको साथबाट ३ ग्राम लागुऔषध हिरोईन पनि बरामद गरिएको कुवरले बताए। नक्कली नोट र लागुऔषधसहित पक्राउ परेका सिंहलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !