- काठमाडौं ,माघ २५ गते आइतबार ।।
- जनप्रभाव न्यूज
अधिवक्ता डा. रुद्र शर्माले राज्यका सर्वोच्च निकाय/संस्थाहरु एक–आपसमा झगडा र द्वन्द्वमा हुन दुःखद् भएको टिप्पणी गरेका छन् । उनले यही अवस्थाले भोलि मुलुक संविधानले अन्दाज नगरेको ठाउँमा पनि पुग्नसक्ने खतरा औंल्याए ।
काठमाडौंमा आयोजिक एक साक्षात्कारमा बोल्दै डा. शर्माले अहिले संविधानको सरंक्षक प्रधानन्यायाधीश आँफै झगडीया हुनुपनि दुःखद् भएको टिप्पणी गरे ।
उनले भने, ‘उहाँले आफूलाई झगडीया हुनबाट बचाउन सक्नुपर्दथ्यो । सभामुख पनि संवैधानिक परिषदको बैठकमा नजानु गल्ती हो । तर, यो विषयमा उहाँ आँफै अदालत जानु चाहीँ स्वागतयोग्य कुरा हो ।’
उनले राज्यका सर्वोच्च अंगहरुबीचको द्वन्द्व र झगडाले मुलुकलाई बेफाइदा भएको भन्दै यसले संविधानलाई नै भंग गर्न सक्ने, संविधान अनमेकिङ र ब्रेकडाउन सुरु भएको भन्दै उक्त कुरा चिन्ताको विषय भएको टिप्पणी गरे । अहिले सभामुख–प्रधानमन्त्री आरोप प्रत्यारोप, प्रधानमन्त्री–सभामुख आरोप प्रत्यारोपमा उत्रिनुजस्तो विचित्रको दृश्य देखिएको पनि सुनाए । उनले अहिले मुलुकले यो संविधान जोगाउन सक्छ कि सक्दैन् ? भन्ने नै प्रमुख सवाल भएको बताए ।
उनले सर्वोच्च अदालतले संसद पूनःस्थापना गर्नेछ भन्ने विश्वास दिलाए । उनले भने, ‘सर्वोच्च अदालतले अहिलेको मुलुकको अनिश्चिततालाई र विवादलाई सही ट्रयाकमा ल्याउन र संविधान बचाउने काम गर्नेछ ।’उनले संसद पूनःस्थापना नभए संविधान अनमेकिङ प्रोसेस सुरु हुने पनि चिन्ता व्यक्त गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !