- काठमाडौं,माघ २४ गते सनिवार ।।
- जनप्रभाव न्यूज
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को स्थायी कमिटी सदस्य तथा आन्दोलन परिचालन कमिटीकी सहसंयोजक पम्फा भुषालले बैतडीमा बालिका बलात्कार भएको घटनाको भत्सर्ना गरेकी छन् । सामाजिक सञ्जालमा आफ्ना विचार सार्वजनिक गर्दै नेता भुषालले सरकारलाई बालिका बलात्कारीलाई कारबाही गर्न चुनौती समेत दिईन् ।
सरकारले कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी अझै पत्ता लगाउन नसकिरहेका बेला बैतडीमा अर्की बालिका भागिरथी भट्टको स्कुलबाट फर्किदा बलात्कारपछि हत्या भएपछि नेता भुषालले आक्राष व्यक्त गरेकी हुन् ।
गृहमन्त्री रामबहादुर थापाले शुक्रबार सभालाई सम्बोधन गर्दै भने सरकार विरोधी आन्दोलनमा लागेकाहरुलाई चिडियाखानामा थुन्ने चेतावनी दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !