- काठमाडौँ, माघ २४ गते सनिवार ।।
- जनप्रभाव न्यूज
कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज तेस्रो चरणको विरोध विरोध प्रदर्शन गर्दैछ । प्रमूख पतिपक्षी दल समेत रहेको कांग्रेसले आज ७७ वटै जिल्लामा एकसाथ विरोध तथा प्रदर्शन गर्ने भएका हुन् ।
कांग्रेसका १३ विभिन्न भ्रातृ संगठनले आइतबार नै संसद् विघटनविरुद्धको प्रदर्शनमा सहभागी बन्न सबै सदस्य तथा शुभचिन्तकमा संयुक्त अपिल गरिसकेका छन् । प्रदर्शनमा नेविसंघ, तरुण दल, महिला संघ, किसान संघसहितका १३ विभिन्न भ्रातृ संगठनहरूले नेतृत्व गर्ने कांग्रेसले जनाएको छ । उनीहरूले स्थानीय पार्टी नेतृत्वसँग समन्वय गर्दै विरोधसभा गर्ने बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !