- सप्तरी,माघ २४ गते सनिवार ।।
- जनप्रभाव न्यूज
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ४ स्थित नापी कार्यालय, कञ्चनपुरमा कार्यरत निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी ब्यवसायी अरुणकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित शुक्रबार नियत्रन्त्रणमा लिएको छ ।
जग्गाको कित्ताकाट गरी दिने भनी लेखापढी व्यवसायी यादवमार्फत् सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट टोली गएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !