- महोत्तरी,माघ २४ गते सनिवार ।।
- जनप्रभाव न्यूज
सशस्त्र प्रहरी बलका दुई नम्बर प्रदेशका डिआइजी चन्द्र प्रकाश गौतमले बर्षाैदेखि बसेका घुमुवाहरूलाई मुख्यालयसंग समन्वय गरि दुई नम्बर प्रदेश बाहिर सरूवा गरेसंगै र तस्करी गराउने असई देखि निरीक्षक सम्म कारवाहीमा परेपछि दुई नम्बर प्रदेशको तस्करी केही हदसम्म नियन्त्रणमा आएको छ । तर डिआइजीलाई झुक्याएर रातिको समयमा बिओपीका केही निरीक्षकहरूले भने राम्रोसँग तस्करी गराई रहेका छन् ।
बाहिनी रहेकै जिल्ला महोत्तरी स्थित खयरवनी बिओपीका निरीक्षक सुजन गोलेले यसरी डिआइजीलाई झुक्याएर तस्करी गराउने गरेको भेटिएको छ। मंगलबार राति ठिक पौने १२ बजेको समयमा निरीक्षक गोलेले कालिया नामले चिनिने गौशालाका चर्चित तस्करलाई लाइन दिएको पुष्टि भएको हो ।
झन्डै एक दर्जन मोटरसाइकलमा भारतबाट तस्कर कालियाको ठूलो मात्रामा कपडा तस्करी गरि नेपाल भित्र्याएको थियो । करिब बीस लाख बराबरको कपडा तस्करी गरि भित्र्याएको गौशलाका एक व्यवसायीले जानकारी दिए। पहिले सम्सी र रघुनाथपुरबाट तस्करी गर्दै आएका तस्कर कालियाले सम्सी बिओपीका निरीक्षक गणेश न्यौपाने बाहिनीमा तानिएर कारवाहीमा परि नौ नम्बर गणमा थन्किएपछि र रघुनाथपुरका निरीक्षक सुर्य प्रसाद भण्डारी डिआइजीको नजरमा परेपछि अहिले खयरवनी नाकाबाट तस्करी गरिरहेका छन् ।
कालिया र गोले मिलेर हप्ताको तीन पटक तस्करी गर्ने गराउने गरेको समेत खुलेको छ। सम्सीमा अहिले निरीक्षक सुनिल गिरी गएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !