- काठमाडौं,माघ २४ गते
सनिवार। - जनप्रभाव न्यूज
असम्बैधानिक रुपमा प्रतिनिधिसभा बिघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हरेक सभामा उनले भ्रमपूर्ण कुरालाई आधार बनाएर भाषण गर्दैआएका छन् ।सामाजिक संजालमा आफ्ना साइबर सेनाले अर्को समूहका बिरुद्ध सेयर गरेका बर्षौअघिका तस्वीर र तथ्यलाई आधार बनाएर ओलीले भाषणमा त्यो कुरा उल्लेख गर्दैआएका छन् । प्रधानमन्त्रीलाई सबै जानकारी नहुन सक्छ । भ्रमपूर्ण तथ्यका बारेमा सल्लाहकारले जानकारी दिनुपर्ने हो ।शुक्रबारको नारायणहिटी सभामा पनि उनले आफ्नो सरकारले चालेका कदमको बचाउ गर्न त्यस्तै भ्रमपूर्ण कुराहरुको सहारा लिए । नेकपा वाग्मती प्रदेशद्वारा आयोजित आमसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २२ गतेको नेकपा प्रचण्ड–माधव समूहले बन्द गरी तरकारी सडकमा फालेको प्रसंग उल्लेख गरेका छन् । उनले भने, हिजो तथाकथित नेपाल बन्द गरियो ।नेपाल बन्द गर्दा के गरियो ? गरिबका लागि काम गर्ने भन्ने तर श्रमजीवीका लागि काम गर्ने हैन, बुढीआमाले टमाटर, साग किनेर डोकामा बोकेर ल्याएर बाटाका छेउमा बेच्न राखेको बाटाभरि छरेर क्रान्ति गर्न खोजियो । तर तथ्य जाँच गर्ने फ्याक्ट चेक नेपालले ती तस्बिर भारतको महाराष्ट्रको किसान आन्दोलनको र नेपालमै तीन वर्षअघिको घटनाको भएको फेला पारेको भए पनि उनले भ्रमपूर्ण प्रचारका आधारम भाषण गरे ।यसअघि भीम रावलले भन्दै नभनेको महिलाको किड्नी प्रत्यारोपण गरेको भन्ने कुरामा पनि उनले पटक पटक उल्लेख गर्दै आएका छन् । जबकि रावलले जुन कार्यक्रममा उक्त कुरा भने भनेर समाचार बनाइयो, उक्त अनलाइनले नै क्षमायाचनासहित खण्डन गरिसकेको छ । र, रावलले बोलेको भिडियो हेर्दा पनि उनले त्यो कुरा भनेको देखिंदैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !