- कञ्चनपुर,माघ २३ गते शुक्रबार ।।
- जनप्रभाव न्यूज
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाका विभिन्न स्थानबाट डेढ लाख मूल्य बराबरको तस्करीको समान बरामद गरेको छ। बिहीबार राती कार्यालय मातहतबाट खटिएको प्रहरीले डेढ लाख मूल्य बराबरको अबैध सामान बरामद गरेको हो ।
पुनर्वास नगरपालिका वडा नम्बर – ६ बाट अवैध रुपमा भन्सार छलि ल्याइएका गरेको १४ हजार मूल्य बराबरको ४ कट्टा चिनि, बेलौरी नगरपालिका वडा नम्बर -७ टेडियाबाट अबैध रुपमा भंसार छलि ल्याइएका ५० हजार बराबरको केराऊ १० कट्टा २ बटा फ्रिज बरामद गरि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।
त्यस्तै, कृष्णपुर नगरपालिका वडा नम्बर – २ मछलीपुल स्थित अवैध रुपमा ल्याइएका ६५ के.जी माछा सहित मोटरसाइकल बरामद गरिएको छ । लालझाडीको जाई बस्ने मान सिह रानाले चलाएको से. २ प. ४४४८ र रामदाश रानाले चलाएको से.१ प.१४७० नम्बरको मोटरसाइकल बरामद गरिएको एसपी चतुर्बेदीले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !