- सुनसरी ,माघ २३ गते शुक्रबार ।।
- जनप्रभाव न्यूज
सुनसरी जिल्लाको ईनरुवा नगरपालिका-२ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आज बिहान २ बजेको समयमा प्रहरी निरीक्षक सहितको कमाण्डमा खटिएको प्रहरी टोलीले ब्यारिकेट सहित चेकिङ राखेकोमा बराहक्षेत्रबाट आएको उक्त नम्बरको गाडी ब्यारिकेट लडाएर फरार भएको थियो ।
ब्यारिकेटलाई क्षति गरी फरार भएको उक्त गाडीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बलाहा नहरबाट बिहान पौने ४ बजे नियन्त्रणमा लिएको हो । ब्यारिकेट लडाएर भागेको उक्त गाडीलाई नियन्त्रण लिन १ राउण्ड फायर समेत भएको थियो भने उक्त गाडीले भाग्ने क्रममा को १ ब २४३६ र को १ ब २१०५ नम्बरको मोटरसाईकललाई समेत क्षति पुर्याएको तथा १ जना प्रहरी समेत घाईते भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !