- काठमाडौं , माघ २३ गते शुक्रबार ।।
- जनप्रभाव न्यूज
स्वास्थ्य मन्त्रालयमा विगतमा जस्तै अस्वस्थ काम हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिकित्सकलाई सचिव बनाउने प्रचलन गणतन्त्रपछि सुरु भएकोमा ३ बर्षदेखि त्यो तोडिएको छ । २ बर्षअघि चिकित्सकबाट सचिव भएकी डा. पुष्पा चौधरीको कार्यक्षमतासून्य देखिएपछि तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले समेत उनलाई रुचाउन सकेनन् ।
यही बिचमा उनी नेपाल सरकारको सचिव बहाल रहेकै समयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को भारतस्थित कन्ट्री अफिसमा उपसचिवस्तरको जागिरमा आवेदन दिई नाम निस्केपछि राजीनामा दिइन् । उनको राजीनामा स्वीकृत नै नभई उनी जागिर खान बिदेश गएकी थिइन् । उनको अवकाशसँगै स्वास्थ्यमा प्रशासन समूहका सचिव राखियो । चिकित्सकबाट सचिव बनाउने क्रम टुट्यो ।
मन्त्रालयमा भानुभक्त ढकालको बहिर्गमनसँगै आएका हृदयेश त्रिपाठीले पदबहाली गरेको केही दिनमा चिकित्सकबाट सचिव बनाउने भाषण गरे । मन्त्री त्रिपाठीको भाषणपछि स्वास्थ्य क्षेत्रका २२ वटा ट्रेड युनियनहरुलेआन्दोलनको नाटक सुरु गरेका छन् । आन्दोलनमा नेपाल चिकित्सक संघबाट डा लोचन कार्की पनि हातमा प्लेकार्ड लिएर माइतीघर मन्डलामा देखिए । यसअघिका कुनै पनि आन्दोलनमा नेपाल चिकित्सक संघबाट सहभागिता हुँदैनथ्यो ।
२२ वटा ट्रेड युनियनको आन्दोलनको माग जे भए पनि मुख्य माग भने डा. रोशन पोखरेललाई सचिव बनाउने रहेको खुलेको छ । वार्ता समितिको संयोजक पनि डा पोखरेललाई नै राखिएपछि त झन् आन्दोलनको भित्री मकसद छरपष्ट भएको छ । आन्दोलनकारीको तर्फबाट तीन जना काङग्रेस समर्थक ट्रेड युनियन नेता बार्तामा थिए, डा लोचन रामजी घिमिरे र उज्वल शर्मा ।
डा. रोशन पोखरेल पनि काङ्ग्रेस समर्थक भनेर चिनिन्छन् । स्वास्थ्य मन्त्री त्रिपाठीले स्वास्थ्य सेवाबाट सचिव बनाउ“छु भनेर प्रतिबद्वता जनाएका छन् । मन्त्रीको प्रतिबद्धतापछि डा. रोशन पोखरेलले प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री दुवैतिर सेटिङ मिलाएको श्रोत बताउँछ ।
-
एन्टिजेन खरिदमा चलखेल
यसैबीच, स्वास्थ्य मन्त्रालयको सिन्डिकेट चलाएको समूहको स्वार्थ नमिल्दा एन्टिजेन खरिद रोकिएको छ । करिब तीस करोडको एन्टिजेन खरिद गर्न टेन्डर आह्वान गरेर अन्तिम समयमा रोकिएको छ । पहिला अमुक पार्टीले यूएसएफडीएको मात्र स्पेक राख्न लगाएर मन्त्री सचिव दुवैलाई बिश्वासमा लिएर खरिद कार्य अगाडि बढाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !