Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कञ्चनपुर प्रहरीले थाल्यो लागुऔषध नियन्त्रण अभियान

  • कंचनपुर ,माघ २३ गते शुक्रबार ।।
  • जनप्रभाव न्यूज

कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रस्थित बेलौरी सीमा नाकामा लागुऔषध कारोबारीको सक्रियता बढेको छ । खुल्ला सीमा नाकाका कारण कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागुऔषध दैनिकजसो नेपाल भित्रियाउने गरेका छन् । अनेक बहानामा नाकासम्म पुगेर लागुऔषध ल्याउने गरेको तथ्य बाहिर आएको छ ।

“कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी सकिएको छ । सीमावर्ती बजारमा चहलपहल शुरु भएसँगै कारोबारीको पनि सक्रियता बढेको देखिन्छ”, कञ्चनपुरका प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चर्तुवेदीले भन्नुभयो, “कारोबारीले विभिन्न बहानामा लागुऔषध ल्याउने रहेछन् ।”

लागुऔषध कारोबार बढेपछि प्रहरीले त्यस क्षेत्रमा सक्रियता बढाएको उहाँको भनाइ छ । प्रयोगकर्तालाई मात्र पक्राउ गर्दा नियन्त्रण सम्भव नभएको निष्कर्ष निकाल्दै प्रहरीले कारोबारीलाई नै पक्राउ गर्ने उद्देश्यले सक्रियता बढाएको प्रहरी उपरीक्षक चर्तुवेदीले जानकारी दिनुभयो । “एकदम धेरै मौलायो । प्रयोगकर्तालाई मात्र पक्राउ गरेर केही हुँदैन भन्ने हाम्रो निष्कर्ष हो”, उहाँले भन्नुभयो, “अब कारोबारीलाई नै पक्राउ गर्नुपर्छ भन्ने उद्देश्यले प्रहरीको सक्रियता बढाएका हौँ ।”

सोही क्रममा दुई दिनअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले करीब १९ ग्राम ब्राउनसुगरसहित यहाँको बेलौरी नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम चौधरीलाई पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्त चौधरी सो क्षेत्रमा लागुऔषध भारतबाट ल्याएर यहाँ बिक्रीवितरण गर्ने व्यक्ति हुन् । प्रहरी उपरीक्षक चर्तुवेदीले यहाँ ठूलो मात्रामा ब्राउन सुगर र खैरो हिरोइनलगायतका उच्चकोटीका लागुऔषध बिक्रीवितरण भइरहेको बताउनुभयो ।

“यो नेपाल–भारत सीमावर्ती सबै जिल्लातिर समस्याको विषय छ”, उहाँले भन्नुभयो, “खुल्ला सीमानाकामा विशेष खालको निगरानी बढाउन सुक्ष्म रुपमा प्रहरी परिचालन गरेको छु ।” उहाँले भारतबाट लुकिछिपी यहाँ ल्याएर लागुऔषध कारोवार गर्ने र आयात गर्ने गिरोहको पहिचान गरेर धामाधम कारवाही शुरु भइसकेको बताउनुभयो । “पछिल्लो समय भारतबाट ठूलो मात्रामा ब्राउन सुगर ल्याएर यहाँका प्रयोगकर्तालाई बेच्न गिरोहका सदस्यहरु धमाधम पक्राउ पर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “अब अभिभावकले पनि सन्ततिमाथि निगरानी बढाउनुपर्ने अवस्था आएको छ ।”

प्रहरीले मातहतका युनिटलाईसमेत परिचालन गरेर विद्यालय र टोलटोलमा पनि लागुऔषध नियन्त्रणका लागि सचेतना फैलाउने अभियान थालनी गरेको छ । स्थानीय तहसँग समन्वय गरेर लागुऔषध नियन्त्रणमा खटिएको प्रहरीले युवापुस्ता यसबाट बढी ग्रसित रहेको प्रहरीको बुझाइ छ । अन्यत्र चरेश, नाइट्राभेटलगायत लागुऔषध बढी प्रयोग गर्ने गरेको देखिए पनि यहाँ ब्राउन सुगर र खैरो हिरोइनको प्रयोगकर्ता र कारोवारमा वृद्धि भएको देखिएको प्रहरीले जनाएको छ । “ब्राउन सुगर यहाँ छ्यापछ््याप्ती देखियो”, उहाँले भन्नुभयो, “यसमा संलग्न बेलैमा नचेते कानूनी कारवाहीको भागेदार हुने निश्चित छ ।”

प्रहरी उपरीक्षक चर्तुवेदीकाअनुसार समाजमा यौनजन्य दुव्र्यवहार र चोरी डकैतीमा संलग्न हुनेमध्ये अधिकांश लागुऔषध सेवनकर्ता रहेको देखिएको छ । “योजनावद्ध अपराधबाहेक सबैमा लागुऔषध प्रयोगकर्ताको संलग्नता देखिन्छ”, उहाँले भन्नुभयो, “छोराछोरीलाई कुलतबाट जोगाउने दायित्वप्रति अभिभावक सचेत हुनु आवश्यक छ ।”

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा लागुऔषधका ४२ मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा मङ्गलबारसम्म ७५ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ३३ जना अदालतबाट धरौटीमा रिहा भएका छन् भने १३ जना चालु आवमा पूर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ । अदालतबाट तीन जनालाई कैद सजाए र ११ जनालाई जरिवाना गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रहरी उपरीक्षक चर्तुवेदीका अनुसार चालु आर्थिक वर्षको हालसम्म कञ्चनपुर प्रहरीले मात्रै ३०७ ग्राम ८७२ मिलिग्राम खैरो हिरोइन पक्राउ गरेको छ । “नाइट्राभेट २२१ ट््याबलेट र चरेश ७५ ग्राम भन्दा बढी नियन्त्रणमा लिएका छौँ”, उहाँले भन्नुभयो, “लागुऔषध नियन्त्रण गर्न सकेन भने युवापुस्ता कुलतमा फस्ने सम्भावना रहन्छ ।” प्रहरीले गत पुसमा १४ जना र माघ महिनाको अहिलेसम्म ११ जनालाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी लागुऔषध तथा दुव्र्यसन रोकथाम अभियान नेपालका सुदूरपश्चिम संयोजक मदन चन्दले दुव्र्यसनमा परेकाहरुको तथ्याङ्क सङ्कलन गरेर तिनको व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । “दुव्र्यसनको कूलतमा रहेकालाई उपचारका लागि सुधार गृह पनि यहाँ आवश्यक छ”, उहाँले भन्नुभयो, “अभिभावकले छोराछोरी बिग्रिसकेपछि चिन्ता गर्ने प्रवृतिले समस्या विकराल बन्दैछ ।” महेन्द्रनगरमा धूमपान निषेध अभियानसमेत सञ्चालन गर्दै आउनुभएका चन्दले दातृ निकाय तथा विभिन्न निकायको पहलमा लागुऔषध नियन्त्रण सम्बन्धी यहाँ कक्षा समेत लिँदै आउनुभएको छ । “हाम्रो पहलमा १२ जना कुलतमा फसेकालाई सुधारका लागि नार्कोन नेपाल नामक संस्थामा पठाइसके”, उहाँले भन्नुभयो, “धेरै सुधार भएर सामान्य जीवनसमेत बिताइरहेका उदाहरण छन् ।”

त्यसैगरी यहाँ सामाजिक क्षेत्रमा अढाइ दशकदेखि सक्रिय नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लु) एचआइभी एड्स संयोजक लवराज पाण्डेयले यहाँ लागुऔषध प्रयोगकर्ताको सङ्ख्या डरलाग्दो रुपमा बढिरहेको बताउनुभयो । “किशोरकिशोरी उमेर समूहलाई सचेतना दिने खालका लक्षित कार्यक्रम सरकारले ल्याउन आवश्यक छ”, उहाँले भन्नुभयो, “कुलतमा लिप्त भएकालाई सुधार गृहमा राख्न सक्ने सबैको हैसियत पनि देखिदैन ।” उहाँले आफूहरुले गरेको सर्वेमा सुदूरपश्चिम प्रदेशमा तीन हजार ३२८ जना लागुऔषध सेवनकर्ता भेटिएको जानकारी दिनुभयो । “लकडाउन हुँदा पनि यहाँ लागुऔषधको कारोवारमा कमी देखिएन्”, उहाँले भन्नुभयो, “खुल्ला सीमानाका मात्रै यसको कारण होइन, अभिभावक पनि जिम्मेवार बन्नुपर्छ ।”

कञ्चनपुरमा तीन वटा सुधारगृह रहेको बताउँदै उहाँले रोकथामका लागि लक्षित कार्यक्रम सञ्चालन गर्नु अतिआवश्यक भइसकेको बताउनुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh