- सिरहा,माघ २२ गते शुक्रबार ।।
- जनप्रभाव न्यूज
सिरहा सदरमुकामबाट दुई दिनअघि अपहरणमा परेका दुई वर्षीय बालकको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको विशेष टोलि , संघिय प्रहरी कार्यालय जनकपुधाम बाट खटिएको विशेष टोलि र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सन्युक्त विशेष प्रहरी टोलिले सकुशल उद्धार गरेको छ । बिहीबार राति प्रहरीले दुई वर्षीय बालक प्रियन्सु यादवलाई भारतबाट सकुशल उद्धार गरेको हो ।
सिरहा नगरपालिका वडा नम्बर – १ रामजानकी चौकमा घर रहेका प्रदीप यादवको २ वर्षिय छोरा इशान्त भन्ने प्रियान्सु यादव हुन । मंगलबार साँझ आफ्नै घरको आगनमा खेल्दै गरेको २ वर्षिय बालकलाई डुलाउने भनेर अपहरणकारीले अपहरण गरेको थियो । उनका बुवा प्रदीप वैदेशिक रोजगारीमा छन् ।
सिरहाका प्रहरी उपरीक्षक ( एसपी ) सुदीपराज भण्डारीका अनुसार बालकलाई नेपाल–भारत सिमापारिबाट उद्धार गरिएको हो ।
बालकलाई नेपालबाट करिब सात किलोमिटर टाढा भारतको खारजेडी ठाउँमा राखिएको थियो । बालकलाई अपहरणमुक्त गरिए पनि अपहरणकारी भने समातिएका छैनन् । बालकलाई के कारण अपहरण गरिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भण्डारीले बताए ।
परिवारले छोटो समयमै प्रहरीले तदारुकता देखाएको भन्दै प्रशंसा गरेको छ । ‘मौखिक जाहेरीका भरमा छोटो समयमा प्रहरीले सफलता पाएको छ, ’ उनले भने, ‘हामी निकै खुशी छौं ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !