- काठडमाडाैँ, माघ २२ गते बिहीबार ।।
- जनप्रभाव न्यूज
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा प्रचण्ड-माधव समूह ) ले आज देश भरी आह्वान गरेकाे आमहड्तालका क्रममा बिहानैदेखि त्यस समूहका नेता कार्यकर्तामाथि धरपकड भएकाे छ । नेकपा स्थायी कमिटी सदस्य रहेकी अष्टलक्ष्मी शाक्य लगायत केही नेता-कार्यकर्ता कलंकीबाट पक्राउ परेका छन् ।
नेकपा प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य विष्णु रिजालले शाक्यसहितका नेतामाथि प्रहरिले एकाबिहानै धरपकड गरेकाे जानकारी दिए । सडकमा बाक्लाे संख्यामा प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । साे क्रममा कलंकलीबाट मात्रै एक दर्जन बढी नेता-कार्यकर्ता पक्राउ परेकाे बताइएकाे छ ।
यससँगै काठमाडौं उपत्यकाका सामाखुसी, चक्रपथ, बानेश्वरलगायत विभिन्न स्थानमा बन्द-हड्ताल गराउँदै हिँडेका त्यस समूहका नेता कार्यकर्तालाइ प्रहरीले नियन्त्रणमा लिइरहेकाे छ । बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । कार्यालयका अनुसार साबिकको भन्दा पैदल, मोबाइल, पिकेट गस्ती बढाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !