- पथलैया,माघ २२ गते बिहिवार
- जनप्रभाव न्यूज
प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयामा कार्यालय प्रमुख एसपी हिमालय श्रेष्ठलाई समेत गुमराहमा राखेर कार्यालय अगाडि नै रहेको चेकपोस्टमा असुली हुदै आएकाे छ।जहाँ कार्यरत रहदा पनि बिबादमा पर्ने र,, कारवाहीमा पर्दै आएका प्रहरी निरीक्षक जयकिशन कुर्मी र संचार दरवन्दी भएका असई खेम चाैधरीकाे मिलिमताेमा गत आइतबार ३५ टन क्षमताका दुईवटा ठूला गाडी पैसा खाएर छाेडेकाे भेटिएको छ। ना ७ ख ८४८९ र ना ८ ख २७१५ नम्बरका दुईवटा गाडीमा ३५ टन सामान थियो ।
कार्यालय अगाडिको चेकपोस्टमा असई खेम चाैधरीले राेके। त्यसपछि बार्गेनिङ शुरू भयो र अन्ततः प्रति गाडी १५ सयको दरले रकम लिएर ती दुवै गाडी छाेडियाे । निरीक्षक कुर्मीकाे आदेशमा ती दुवै गाडी असई चाैधरीले छाेडेकाे थाहा भएको छ। क्षमता भन्दा बढीका गाडी घुष खाएर छाेडेकाे जानकारी एसपी श्रेष्ठलाई पुगेपछि ती दुवै गाडी पक्राउ गर्न आदेश दिएपनि मातहतले यो समाचार तयार गर्दा समेत पक्राउ गरेका छैनन् । कार्यालय अगाडि डियुटीमा रहेका ट्राफिक प्रहरीले २९/३० टन बाेकेका तर उनीहरूकाे सेटिङ नभएका गाडी पक्राउ गरि २५ सय जरिवाना गराई रहेका छन् भने ३५ टन क्षमताका गाडीहरू घुष खाएर छाेडीरहेका छन् । जबकि एसपी श्रेष्ठले मातहतका जिल्ला ट्राफिक प्रमुखहरूलाई क्षमता भन्दा बढी सामान बाेक्ने गाडीहरूलाई पक्राउ गरि कारवाहीका लागि यातायात कार्यालय पठाउन स्पष्ट निर्देशन दिदै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !