- नवलपरासी ,माघ २१ गते बुधबार ।।
- जनप्रभाव न्यूज
नवलपरासीमा प्रहरीकै मिलेमतोमा तस्करी मौलाएको छ। माथिल्लो तहबाट भएको सेटिङकै कारण यहाँ कार्यरत तीन जवानले राज गर्दै आएका छन् । उनीहरु आफ्नो हाकिमलाई समेत नटेरिकन ‘उठाउ धन्दा’मा लिप्त रहेको बताइएको छ ।
स्रोतका अनुसार घुमुवाका रुपमा परिचालित सशस्त्र प्रहरी जवान उग्र धोवी, रामु तेली र गजदीश यादवले यहाँ उग्र मच्चाउने गरेका छन् । उनीहरु व्यापारी नरेश भट्टको सिफारिसमा चार वर्षदेखि यो क्षेत्रमा घुमुवाको रुपमा रहेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँग सेटिङ गरेर व्यापारी भट्टले उनीहरुलाई घुमुवामा सिफारिस गरेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार भट्ट र महानिरीक्षक खनालबीच राम्रो घुलमेल र उठबस छ । त्यसैको फाइदा उठाएर भट्टले २६ नम्बर गणमा सेटिङ मिलाउन सफल भएका हुन् । सेटिङ गरेमार्फत उनीहरुले भट्टलाई मासिक एकदेखि डेढ लाखसम्म बुझाउने गरेका छन् । साथै, उनीहरुले लत्ताकपडा र खाद्य सामग्रीसमेत उपलब्ध गराउने गरेका छन् । उनीहरुलाई यहाँका हाकिम एसपी महेश अधिकारीले समेत केही गर्न सकेका छैनन् । स्रोत भन्छ, ‘हाकिम साहेब पनि चेपुवामा हुनुुहुन्छ । माथीबाटै सेटिङ भएकाले चुपुवामा पर्नु भएको हो ।’
यसअघि धोवी, तेली र यादव हरपुरस्थित ‘विओपीमा खटिएका थिए । त्यसपछि उनीहरुलाई २६ नम्बर गणमा सरुवा भएर आएका हुन् । त्यसपछि घुमुवाको रुपमा रहेका छन् । उनीहरुले तस्करीहरुलाई समेत सहयोग गर्दै आएको स्रोतको भनाइ छ । उनीहरुसँग मिलेर भारतबाट निर्वाधरुपमा तस्करीहरुले मालसामान तस्करी गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !