- काठमाडौँ ,माघ २१ गते बुधबार ।।
- जनप्रभाव न्यूज
नेपाली सेनाका ६ वटा बख्तरबन्द गाडी आज बिहान काभ्रेको पाँचखाल पुगेका छन्।नेपाली सेनाले अभ्यासका लागि बख्तरबन्द गाडी पाँचखाल पुगेका हुन्।युद्ध कबज गण सितापाइलाबाट बिहान ५ बजे बख्तरबन्द गाडी पाँचखालका लागि छुटेका नेपाली सेनाले जनाएको छ।
काभ्रेको पाँचखाल पुगेका बख्तरबन्द गाडी आजै बेलुकी ८ बजे काठमाडौँ आउने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सेनाले सोमवार राती अभ्यासका लागि बख्तरबन्द गाडीलाई चक्रपथ परिक्रमा गराएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !