- कञ्चनपुर,माघ २१ गते बुधबार ।।
- जनप्रभाव न्यूज
कञ्चनपुरबाट ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन्। मंगलबार साँझ प्रहरीले बेलौरी नगरपालिका-७ बाट ४५ वर्षीय प्रभुराम चौधरीलाई पक्राउ गरेको हो।
उनको साथबाट करिब १९ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चतुर्वेदीले बताए। उनी लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न व्यक्ति रहेको चतुर्वेदीले बताए।
यसघि आइतबार प्रहरीले १४ ग्राम ब्राउनसुगरसहित अर्का एक जनालाई पक्राउ गरेको थियो। सीमावर्ती भारतीय बजारसँग सीधै जोडिने सहायक मार्ग प्रयोग गर्दै आएका लागुऔषध कारोबारीहरूमाथि कडा निगरानी गर्न थालेपछि धमाधम कारोबारी पक्राउ पर्न थालेका एसपी चतुर्बेदीले बताए ।
ब्राउनसुगर भारतमा उत्पादन हुन्छ। गाँजा र अफिमलाई प्रशोधन गरेर भारतमा ब्राउनसुगर बनाइन्छ र त्यही ब्राउनसुगर नेपालमा ओसारपसार र कारोबार हुने गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !