- काठमाडौं,माघ २० गते मंगलवार ।
- जनप्रभाव न्यूज
बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले सिलवाललाई समितिको अध्यक्ष बनाउने निर्णय गरेको हो। गृहसचिवबाट अवकाश भएका सिलवालले उद्योग मन्त्रालयमा समेत सचिवको जिम्मेवारी निर्वाह गरेका थिए। सिलवाललाई अध्यक्ष बनाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रिपरिषदमा सिफारिस गरेका थिए। उनकै सोझो प्रस्तावमा सिलवाल समितिको अध्यक्ष नियुक्त भएका हुन्।
उनको कार्यकाल चार वर्षको हुनेछ। गत पुस अन्तिम साता चिरन्जीवी चापागाईंको कार्यकाल पूरा भएयता समितिको अध्यक्ष पद रिक्त थियो । त्यसअघि नै नयाँ अध्यक्षका लागि झन्डै आधा दर्जन जना दौडमा जुटेका थिए, जसमा तत्कालिन अध्यक्ष चापागाईं समेत दोस्रो कार्यकालका लागि इच्छुक थिए। दौडमा राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नरदेखि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाईं रामशरण खरेल समेत लागेका थिए। पुस २३ बाट अवकास भएका यसअघिका समिति अध्यक्ष चापागाईं पनि राष्ट्र बैंककै क्याडर हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !