- सिरहा ,माघ १९ गते सोमबार ।।
- जनप्रभाव न्यूज
सामान्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन तयारीमा रहेको नेता अशानन्द यादव सहित ७ जनालाई सिरहा प्रहरीले पक्रउ गरेका छन ।
जनता प्रधानमन्त्रीको प्रतिगमन विरुद्ध सडक धाइरहेका बेला प्रधानमन्त्री केपि शर्मा ओलिले सिरहा सदरमुकाम स्थित राखिएको एक कार्यक्रम बिच प्रचण्ड -नेपाल समुहको कार्यकर्ताहरुले कालो झण्डा देखाउँदा उनिहरुलाइ पक्राउ गरेको हो।
प्रचण्ड नेपाल समुहको प्रदेश न २ को प्रदेश कमिटी सदस्य चन्देश्वर यादव का अनुसार पक्राउ पर्ने हाम्रा कार्याकर्ता तथा विद्यार्थी नेताहरू रहेकोे जनाएका छन।
प्रदेश कमिटी सदस्य यादवले ,प्रतिगमन विरुद्ध सडकमा रहेको हाम्रा नेता कार्यकर्ता जिल्ला सदस्य रबिन्द्र साह प्रचण्ड नेपाल समुहका विद्यार्थी संयोजक भोला यादव,केन्द्रिय विद्यार्थी संयोजक पुजन सिंह युवा संघका राजेश यादव र अशानन्द यादवलाइ सिरहा प्रहरीले गिरफ्तार गरि हिरासतमा राखेको जनाएका छन।
फेसबुकबाट तपाईको प्रतिक्रिया !