- काठमाडौँ, माघ १९ गते सोमबार ।।
- जनप्रभाव न्यूज
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ । सोमबार बसेको चौथो केन्द्रीय समिति बैठकले ओलीलाई साधारण सदस्यबाट समेत हटाएको हो । यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो । अहिले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाइएको छ ।
यस्तै बैठकले महासचिव विष्णु पौडेललाई पनि पदबाट हटाएको छ । बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !