- एजेन्सी,माघ १९ गते सोमबार ।।
- जनप्रभाव न्यूज
म्यानमारमा सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा गरेको छ । नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घन्टापछि सेनाले उक्त जानकारी दिएको हो ।
सेना समर्थित टेलिभिजनबाट भिडियो जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो । गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।
आजै बिहान स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको बताएको छ।
गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेको थियो । तर, सेनाले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ । बर्मा पनि भनेर चिनिने म्यानमार सन् २०११ सम्म सैन्य शासन रहेको थियो । सूकीले लामो समय आफ्नै घरमा नै नजरबन्दमा बिताएकी थिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !