- काठमाडौं,माघ १९ गते सोमबार ।।
- जनप्रभाव न्यूज
संयुक्त राष्ट्र संघीय शान्ति मिसनबाट फर्किएपछि बिरामी भएर मृत्यु भएका नेपाल प्रहरीका एक कर्मचारीका परिवारले ७७ हजार अमेरिकी डलर क्षतीपुर्ती पाएका छन् । दुई महिनाअघि दक्षिण सुडानबाट फर्किएका प्रहरी नायब निरीक्षक(सइ) दीपक खनालको मलेरिया रोगबाट नेपालमा मृत्यु भएको थियो ।
मिसनमै हुँदा उनलाई मलेरिया भएको र त्यसैका कारण मृत्यु भएको भन्दै प्रहरीको यूएन शाखाले क्षतीपुर्तीका लागि राष्ट्रसंघ पहल गरेको थियो । निकै मेहनतपछि परिवारलाई राहत दिलाउन सफल भइएको शाखाका एक अधिकारीले बताए । राष्ट्रसंघमै कार्यरत अवस्थामा बराबर उनको परिवारलाई क्षतीपुर्ती दिइएको छ । जसका कारण सइ खनालका परिवारले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री लगायतलाई भेटेर धन्यवाद दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !