- झापा,माघ-१९ गते सोमबार ।।
- जनप्रभाव न्यूज
झापाको दमक-३ स्थित भुटानी शरणार्थी शिविरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ईलाम चुलाचुली-३ का ३८ बर्षीय यम बहादुर थाम्सुहाङ रहेका छन । थाम्सुहाङले शिविर भित्र प्रवेश गरी ब्राउनसुगर बेचबिखन गर्ने गरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनलाई १ ग्राम ८५० मिलिग्राम ब्राउनसुगर र नगद १९ हजार २५ रुपैया सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसै गरी ईलाका प्रहरी कार्यालय दमकबाटै खटिएको प्रहरी टोलीले दमक-५ अनाम टोल स्थितबाट खैरोहिरोईन ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-१ का २६ बर्षीय गगन लिम्वु योङया रहेका छन । उनलाई ३ ग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !