- काठमाडौं , माघ १८ गते आइतबार ।।
- जनप्रभाव न्यूज
झोलामा तीन किलो लागू औषध अफिम बोकेर काठमाडौंको सडकमा हिँडिरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो ठूलो मात्रामा लागू औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको कलंकी (सडक किनारा)बाट शनिबार १ जना ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ घर भएका ५१ माइला भन्ने म्याक्स लोला छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !