-
काठमाडौं,माघ १७ गते सनिवार ।।
-
जनप्रभाव न्यूज
सुदूरपश्चिमका प्रदेशको धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहले विरोधसभाअघि र्याली निकालेर शक्ति प्रदर्शन गरेको छ। प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा धनगढीमा बृहत विरोधसभाको आयोजना गरेको हो ।
विरोधसभालाई पूर्वप्रधानमन्त्री तथा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
र्यालीको नेतृत्व नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका प्रदेश इन्चार्ज भीम रावलले गरेका थिए ।
धनगढीको चौराहा र क्याम्पस रोडबाट सुरु भएको र्याली कार्यक्रमस्थल खुलामञ्चम पुगेर टुङ्गिएको छ। यतिबेला कार्यक्रम औपचारिक रुपमा सुरु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !