Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गणतन्त्रका लागि हाँसी हाँसी फाँसीमा चढेका दुर्गानन्द झाले सहिदका सम्मान पाउन ५२ वर्ष कुर्नुपर्यो


  • जनकपुरधाम ,माघ १७ गते सनिवार ।।
  • एसके यादव


‘नरोऊ, गणतन्त्र अब आउँछ आउँछ । तिमीहरू गाउँ जाऊ ।’ सहिद दुर्गानन्द झाले आफ्नी श्रीमती काशीदेवी झा र आमालाई यो कुरा भनेको ४५ वर्ष देशमा गणतन्त्रको घोषणा भयो ।

तत्काली राजा महेन्द्र शाहमाथि बम प्रहार गरेको आरोपमा पक्राउ परेका बेला त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा २०२० माघ १४ गते भेट्न आएका आफ्ना श्रीमती र आमालाई उनले भनेका थिए नरुनुहोस् आमा, कुनै दिन तपाईंलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन् । गणतन्त्र अब आउँछ आउँछ । त्यसैगरी उनले पत्नी काशीदेवीलाई पनि भनेका थिए, ‘यो हाम्रो अन्तिम भेट हो, मेरा कारणले तिमीहरूको नाम देशभर चल्छ ।’

दुर्गानन्द झालाई फाँसी दिने समय तय भएपछि प्रहरीले उनीहरूलाई भेटाउनका लागि गाउँबाट बोलाएर ल्याएका थिए । जेलमा भेट्न गएको बेला उनीहरू रोएका थिए । उनीहरू रोए पनि दुर्गानन्दा झाको अनुहारमा कुनै घबराहट वा त्रास थिएन । उनले आफ्ना श्रीमती र आमासँग हाँसी हाँसी कुरा गरेका थिए ।

फाँसी दिने दिनसम्म दुर्गानन्द झा र काशीदेवी झाको बिहे भएको ३ वर्ष पनि पूरा भएको थिएन । एउटा नवदुलही, जसको श्रीमानको मृत्यु तय भइसकेको छ र उनलाई भेट्न जेलमा गएकी थिइन् । भावविह्वल नवदुलही काशीदेव झालाई दुर्गानन्द झाले ‘दो हंसो को जोडा विछड गयो रे, गजब भयो रामा जुल्म भयो रे’ विरहको गीत सुनाउने गर्थे । काशीदेवी झालाई अहिले पनि ती हिजै मात्र सुनेको जस्तो लाग्छ ।

माघ १५ गते दुर्गानन्द झाको सम्झनामा काँग्रेस पार्टीले बलदानी दिवस मनाउने गरेको छ । काँग्रेसले उनको सम्झनामा बलिदानी दिवस मनाए पनि सहिद घोषणा गर्न सकेको थिएन । पटक पटक सत्ता सञ्चालन गरेका काँग्रेसले दुर्गानन्द झालाई सहिद घोषणा त गरेनन् नै उनको परिवारलाई समेत कहिले सम्झिएन । २०२० माघ १५ गते दुर्गानन्द झालाई फाँसी दिइएको थियो । त्यसपछि काँग्रेस पटक पटक सरकारमा सहभागी भयो तर उनलाई सहिद घोषणा गराउन सकेन ।

अन्तत : तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि २०७२ फागुन १९ गते उनलाई सहिद घोषणा गरियो । गणतन्त्रका लागि हाँसी हाँसी फाँसीमा चढेका दुर्गानन्द झाले सहिदका सम्मान पाउन ५२ वर्ष कुर्नुपर्यो । २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो ।

  • को हुन दुर्गानन्द झा ?

वि.सं. १९९९ वैशाख १४ सहिद दुर्गानन्द झाको जन्म धनुषाको जटही गाउँमा देवनारायण झा र सुकरमारीदेवी झाको एक मात्र सन्तानको रूपमा भएको थियो । घरको एक्लो सन्तान भएकाले मेट्रिक पढ्दापढ्दै २०१७ सालमा १४ वर्षीया काशीदेवी झासित उनको विवाह भएको थियो । दुर्गानन्द झाको बुबाको निधन भएपछि आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उभगाँवस्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षादीक्षा भएको थियो ।

एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर लोकतन्त्रको सङ्घर्षमा लाग्नुभएकाले घरमा एक्लै श्रीमती र बुद्धा आमा हुँदा आवश्यक हेरचाहको कमीले मृत बच्चा जन्मेको थियो । हाई स्कुलमा अध्ययनरत दुर्गानन्दको अधिक समय छात्रबासमा बसेर र राजनीतिमा बित्ने हुनाले काशीदेवीसित उनको भेट महिनामा एक दुई पटकभन्दा बढी हुन सकेको थिएन ।

महेन्द्रमाथि बम

२०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरङ्कुश कदमविरुद्धमा काँग्रेसले आन्दोलन सुरु गरेको थियो । आफ्ना आमाबाबुका एक मात्र सन्तान र नवविवाहित दुर्गानन्द झाले प्रजातन्त्र हत्या गर्नेलाई नछाड्ने भन्ने निर्णय गरिसकेका थिए । भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका काँग्रेसका नेता सरोज कोइरालाको सम्पर्कमा पुगी उनले राजामाथि बम प्रहार गर्ने योजना बनाएका थिए । २०१८ माघ १९ गते जनकपुर भ्रमणमा आएको बेला महेन्द्रमाथि बम प्रहार गर्ने योजना बनाएका थिए ।

त्यसलाई सफल पार्न उनले आँट गरेको थिए । कडा सुरक्षाका बीचमा रहेका महेन्द्रमाथि जनकी मान्दिरमा बम प्रहार गरे । तर बम पड्केन, महेन्द्र चढेको गाडीको सिसामा लाग्यो । बम प्रहार गरेर त्यत्रो सुरक्षा बीचबाट उनी भाग्न सफल भएका थिए । उनी भागेर जनकपुरकै मन्दिरमा डेरा गरी बसेका हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा पुगे । भोलिपल्ट त्यहाँबाट हातमा लोटा लिएर बिहानै निस्के र भारतको उभगाँव पुगेका थिए ।

यता सरकारले बम कण्डका नाममा विभिन्न व्यक्तिलाई धरपकड गरिरहेको थियो । देशैभरि हल्लीखल्ली भएको थियो । बमकन्डको आरोपमा पक्राउ परेकालाई तत्कालीन सरकारले थुनामा राखेर यातना दिइरहेका थिए । तर बम फाल्ने को थिए भनेर पत्ता लगाउन सकेका थिएनन् । बम प्रहार गरी सीमापारि काँग्रेसको छतौनी क्याम्पमा बसेका दुर्गानन्द झालाई निर्दोष व्यक्तिहरुलाई दिएको कुटपिट र यातना सह्य भएन । अनि उनी जयनगरबाट रेल चढेर जनकपुर हिँडेका थिए । तर जनकपुर नपुग्दै तत्कालीन एसपी मानबहादुर राईको नतेृत्वमा गएका टोलीबाट पक्राउ परे ।

पक्राउ परेको भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याएर हेलिकप्टरबाट काठमाडौँको केन्द्रीय कारागारमा ल्याइएको थियो । गिरफ्तारी भएपछि उनीमाथि राजद्रोहको मुद्दा चलाइएका थियो ।

  • फाँसी दिन कानुन संशोधन

जनकपुरका वरिष्ठ पत्रकार राजेश्वर नेपाली भन्छन्, ‘सरकारले बमकाण्डको अध्ययन गर्नका विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्च स्तरीय छानविन आयोग गठन गरिएको थियो । त्यो आयोगले २०१९ भदौ १९ मा प्रतिवेदन बुझायो । त्यो प्रतिवेदनले दुर्गानन्द, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव दिएको थियो । तर ब्राह्मणलाई मृत्युदण्ड दिनुहुँदैन भने कुरा त्यति बेलाको कानुनमा उल्लेख थियो ।’ कानुनमा त्यस्तो कुरा उल्लेख भएको थाह पाएर परिवारका सदस्यहरूले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएका थिए । सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा उजुरीकर्तालाई झिकाउन आदेश दिए । त्यही सालको फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णय सदर गरे । २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख भयो ।

२०२० माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रूखमा दुई पल्ट झुण्ड्याउँदै उतार्दै गरिएको थियो । त्यसबखत पनि दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो तर उनले मृत्युदण्डलाई नै शिरोधार्य गरे । उनलाई फाँसी दिएपछि श्रीमती काशीदेवी र उनको आमालाई जानकारी दिएको थियो । दुर्गानन्दकी आमाले लास मागे पनि दिइएन । पछि परिवारले कुशको लास बनाएर भारतको गयामा अन्तिम संस्कार गरेको थियो ।

काशीदेवीको अवस्था

सहिद पत्नी काशीदेवी झा अहिले आफ्ना माइतमा आश्रित छिन् । उनलाई नराज्यले कुनै सोधखोज गरेको छ न कुनै पार्टीले ।

अहिले उनका श्रीमान दुर्गानन्द झाले ज्यानको अर्पण गरेको पार्टीले बलिदानी दिवस मनाउन समेत छाडिसकेको छ । पहिलो संविधानसभामा तत्कालीन तमलोपाबाट समानुपातिक सांसद भएकी काशीदेवी झा कानुन राज्यमन्त्रीसमेत बनेकी थिइन् ।

मन्त्रीबाट हटेपछि न तमलोपा (अहिले राजपा) ले खोजेको छ न काँग्रेसले नै । उनलाई कसैले सोधखोज नगरेपछि उनी अहिले आफ्नो भतिजा डा. जितु ठाकुरसँग बस्दै आएकी छन् भन्ने जानकारी उनका आफन्त निरञ्जन झाले बताए । प्रतिनिधिसभाको चुनावको समय जनकपुरबाट निर्वाचन लडेका राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले दुर्गानन्द झाको नामबाट बनेको प्रवेशद्वारामा भर्याङबाट माथि चढेर माल्यार्पण गरेका थिए ।

तर उनी चुनाव जितेपछि एक पटक पनि दुर्गानन्द झाको परिवारका बारेमा सोधखोज गरेको छैन । यहाँसम्म कि दुर्गानन्द झाको बलिदानी दिवसको अवसरमा एउटा विज्ञप्ति जारी गरेर सम्झने काम समेत गरेको छैनन् ।

  • न अस्पताल, न सालिक

तमलोपा सरकारमा भएको बेला दुर्गानन्द झाको नामबाट उनको गाउँ जटहीमा अस्पताल बनाउने निर्णय गराएको थियो । तर हालसम्म त्यो अस्पताल बनेको छैन । नयाँ नयाँमा त्यसको चर्चा भए पनि अहिले चर्चा पनि हुन छाडेको छ ।

जनकपुरमा दुर्गानन्द झाको सालिक राख्ने निर्णय भएको छ । सालिक तयार पनि भइसकेको छ तर कहाँ राख्ने भनी निर्णय अझैसम्म भएको छैन । महेन्द्रमाथि बम हानेको ठाउँ जानकी मन्दिर परिसरमा सालिक राख्ने अडानमा राजेश्वर नेपालीले छन् भने जानकी मन्दिर प्रशासनले त्यहाँ राख्न अनुमती दिन मानिरहेको छैन ।

  • दुर्गानन्द झाको घटनाक्रम

  • १९९९ वैशाख १४ :

जनकपुरबाट १४ किलोमिटर दक्षिण नेपाल–भारत सिमानामा रहेको जटही गाउँमा शुक्ल एकादशीका दिन सहिद दुर्गानन्दको जन्म भएको थियो । उनी देवनारायण र सुकमारी देवीका एक मात्र सन्तान थिए । बाल्यकालमै उनका पिताको निधन भएको थियो । उनका पिता पण्डित भोलानाथ झाका तीन भाइ छोरामध्येका एक मात्र उत्तराधिकारी थिए ।

  • २०१७ पुस १ :

यस दिन संसद र संसदीय व्यवस्थाको विघटन भएको थियो । त्यसपछि तत्कालीन राजा महेन्द्रको तानाशाहीको विरोध सुरु भएको थियो । त्यसै क्रममा सहिद दुर्गानन्द सक्रिय भएका थिए ।

२०१८ माघ ९ :

पूर्वी तराईको भ्रमणका क्रममा महेन्द्र जनकपुर पुगेका थिए । माघ ९ गते राजा महेन्द्रमाथि उनले बम प्रहार गरेका थिए । उनका साथी अरविन्द ठाकुर माघ ९ नै गते विशेष विमानबाट राजा महेन्द्र जनकपुर पुग्नुअघि नै विमानस्थलबाट बमसहित पक्राउ परेका थिए । बम हाने पनि महेन्द्रलाई लागेन र उनी भाग्न सफल भए । बमकाण्डका नाममा निर्दोष व्यक्तिलाई प्रहरी र प्रशासनले दुःख दिन थालेपछि उनी नेपाल फर्केका थिए ।

२०२० भदौमा १ :

शुक्रराज, धर्मभक्त, गङ्गालाल र दशरथ चन्दलाई राणाहरूले मृत्युदण्ड दिएको २३ वर्षपछि दुर्गानन्दलाई मृत्युदण्ड दिनुअघि प्रचलित मुलुकी ऐनमा संशोधन गरियो । एक शताब्दीभन्दा बढी अवधिसम्म दोषी बाहुनलाई मृत्युदण्ड नदिने मुलुक ऐनको व्यवस्थामा संशोधन भयो । उनी नेपालका प्रथम गणतान्त्रिक सहिद बने ।

२०१९ भदौ १९ :

तत्कालीन विशेष अदालतले कुनै सुनुवाइ नै नगरी दुर्गानन्दा झालगायत अरविन्द ठाकुर, दलसिं थापालाई मृत्युदण्ड दिने निर्णय गर्यो । यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिए पनि विशेष अदालतकै निर्णय सदर गरियो ।

  • २०२० पुस १० :

राजदरबारको पत्र प्रेषित भयो । उक्त पत्रअनुसार दुर्गानन्दलाई प्रचालित कानुनअनुसार भन्दै अन्य दुईको मृत्युदण्डलाई जन्मकैदमा परिणत गरियो ।

२०२० माघ १४:

श्रीमती काशी देवी झा र आमा सुकमारी देवी दुर्गानन्द झालाई भेट्न काठमाडौँ आएका थिए । त्रिपुरेश्वरमा बसेका उनीहरूलाई महिला प्रहरीहरूले सादा कागजमा जबर्जस्ती औँठा छाप लिएका थिए ।

२०२० माघ १५ :

काठमाडौंस्थित केन्द्रीय कारागारमा मध्यरातमा दुर्गानन्द झालाई गोली हानी मृत्युदण्ड दिइयो ।

२०६४ साल :

सहिद दुर्गानन्द झाका पत्नी काशीदेवीलाई तत्कालीन तमलोपाले समानुपातिक तर्फबाट सभासद बनायो ।

२०६६ असार

सरकारले प्रस्तुत गरेको बजेटमा प्रथम गणतान्त्रिक सहिद दुर्गानन्द झाको नाममा उनको जन्मस्थल जटहीमा १० शय्याको अस्पताल बनाउने घोषणा भएको छ ।

  • २०७२ फागुन १९ :

तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुर्गानन्द झालाई सहिद घोषणा गरेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh