- काठमाडौं,माघ १७ गते शुक्रबार ।।
- जनप्रभाव न्यूज
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताबारे कुनै पनि निर्णय नभएको जनाएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेताहरुसँग छलफल गरेपछि निर्वाचन आयोगका आयुक्त ईश्वरी पौडेलले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको बताएकी हुन् ।
आयुक्त पौडेलले दाहाल–नेपाल र ओली दुवै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू आधिकारिक भएको दाबी नगरेको बताएकी हुन् । उनका अनुसार दुवै पक्षले आफूले गरेको निर्णय अध्यावधिक गर्न भनेको तर, आयोगले भने आधिकारिकताबारे कुनै निर्णय गरेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !