- काठमाडौ,माघ १७ गते शुक्रबार ।।
- जनप्रभाव न्यूज
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग बिभागका बिबादित निर्देशकलाई हटाएको छ। उद्योग बिभागको बिदेशी लगानी शाखाको निर्देशक रहेका उदय गुप्तालाई मन्त्रालयले हटाएको हो ।
उदय गुप्ता बिदेशी लगानी शाखामा आए देखि सो शाखामा आर्थिक लेनदेन र चलखेल बढ्न थालेको साथै घुष नदिई कुनै काम नहुने गरेको भन्दै व्यापक आलोचना हुदै आएको थियो । शाखामा कार्यरत अन्य कर्मचारीहरूसंग पनि समन्वयको अभाव र फांटका हरेक काममा पनि अनावश्यक हस्तक्षेप गुप्ताले गर्ने गरेको कुरा सार्वजनिक हुदै आएको थियो । मन्त्रालयले गुप्तालाई नेपाल गुणस्तर तथा नापतौल बिभाग सरूवा गरि उनको ठाउँमा खगेन्द्र बस्नेतलाई ल्याएको छ। बस्नेत यस अघि पनि उद्योग बिभागमा पटकपटक कार्यरत रहिसकेका भए पनि खासै बिबादमा परेका भने छैनन् ।उद्योग बिभाग र त्यसमा पनि बिदेशी लगानी शाखाको घुष काण्डका बारेमा एक चिनियाँ नागरिकले उजागर गरेको प्रकरण यस्तो छ।
उद्योग विभागका कर्मचारीले उद्योगको लाइसेन्स लिँदा घूस मागेको चिनियाँ नागरिक यीङ हु सुआन (डेबिड) बताएका थिए । नेपालमा २४ वर्षदेखि व्यवसाय गर्दै आएका सुआनले उद्योग दर्ता प्रक्रियामै उद्योग विभागका कर्मचारीले घूस मागेको सार्वजनिक गरेका थिए। घूस मागेको संचारमाध्यममा किन जथाभावी बोलेको भन्दै विभागका कर्मचारीले धम्क्याएका तर सुआनले आफूसँग घूस मागेका कर्मचारीको प्रमाण सुरक्षित रहेको बताएपछि कर्मचारी एकाएक शान्त बनेका सुआनले भने। सुआनले आफूले भोगेको समस्याको बारेमा सञ्चार माध्यममा आफ्नो विचार सार्वजनिक गरेपछि उद्योग सचिव चन्द्रकुमार घिमिरेले चासो व्यक्त गरेका थिए। सचिव घिमिरेको निर्देशनपछि विभागले व्यवसायी सुआनलाई छलफल बोलाएको थियो। उनको निवेदन उपर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक लगानी प्रर्वद्धन बोर्ड निर्णयबाट एक समिति समेत बनेको छ।
मन्त्रालयका सहसचिव बलराम रिज्यालको नेतृत्वमा एक समिति बनेको छ। समिति बनेको ६ महिना बित्दा पनि समितिले बोर्ड समक्ष प्रतिवेदन पेश गर्न सकेको छैन। सुआनले कर्मचारीले घूस मागेको र कर्मचारीको असहयोगका कारण लगानी गर्न अप्ठेरो भएको बताएपछि उद्योग सचिव चन्द्रकुमार घिमिरेले चासो लिएका थिए। उनले उद्योग विभागका महानिर्देशक जीबलाल भुसाललाई टेलिफोन गरेर सुआनको मुद्दाका बारेमा सोधेका थिए। सुआनले भोगेका समस्या विभागका महानिर्देशक जीबलाल भुसाल आउनुभन्दा पहिलाको समस्या भए पनि तत्कालै लगानीकर्तालाई बोलाएर छलफल गर्न सचिव चन्द्रकुमार घिमिरेले निर्देशन दिए का हुन्।
सुआनले सुरुमा हेङ सेङ इन्टरप्राइजेज उद्योग दर्ता गरी काम सुरु गरेका थिए। सो उद्योग असफल भएपछि ग्यास उद्योग खोल्ने तयारी गरेका थिए। सो उद्योगले अनुमति नपाएपछि उनले औद्योगिक क्षेत्र निर्माण गर्ने तयारी गरेका थिए। यो क्षेत्र पनि स्वीकृति नपाएपछि उनले हाल २० जना लगानीकर्ताहरुसँग सेनन हर्बल मेडिसिन प्रोडक्सन दर्ता गरेका छन्। परिवर्तन हुन नसकेको कर्मचारीतन्त्रको ’घूस’ खाने प्रवत्तिले विदेशी लगानीकर्ता हैरान छन्। २०५३ सालमा नेपालमा ६ जना लगानीकर्ता लिएर आएका उनले हेङ सेङ इन्टरप्राइजेज उद्योग दर्ता गरेका थिए। काठमाडौंको धापासीमा खोलेको उक्त उद्योगले तयारी पोसाकका लागि धागो उत्पादन गर्थ्यो। ६ जनाको समूहले ५ लाख रोपनीको दरले २४ रोपनी जग्गामा १ करोड ५ लाख लगानी गर्योप। उद्योगले केही समय धागो अमेरिकासमेत निर्यात गर्यो्। तीन वर्ष सञ्चालन गरेपछि उद्योगको बजार राम्रो भएन।
२ करोड २४ लाख लगानीको यो उद्योग अन्ततः बन्द हुन पुग्यो। त्यसपछि उनले नेपालमा ग्यास उद्योग खोल्नका लागि प्रक्रिया सुरु गरे। चिनियाँ प्रविधिको केमिकल ग्यास उत्पादन गर्ने उद्योगका लागि सबै कागजात तयार पार्न एक वर्ष लाग्यो। उद्योग दर्ताका लागि उद्योग विभागमा निवेदन दिए। सुआनको टिमले ग्यास उद्योगमा ६ करोड अमेरिकी डलर (करिब ६ अर्ब रुपैयाँ) लगानी गर्ने तयारी गरेका थिए। उद्योग दर्ता गर्न विभागमा उनी सयौं पटक धाए। तर दर्ता गर्न पाएनन्। ग्यास उद्योग स्थापना गर्ने योजना असफल भएपछि उनले औद्योगिक क्षेत्र निर्माण गर्नका लागि प्रक्रिया अघि बढाए। महोत्तरीको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोसँग औद्योगिक क्षेत्र निर्माण गर्ने सम्झौतासमेत भयो। उनको टिम ३० लाख रुपैयाँ खर्चेर डीपीआर गर्ने तयारीमा लाग्यो । तर केन्द्र सरकारले यो कहाँ स्थानीय तहको अधिकार हो, पहिले हामीसँग सम्झौता गर्नुपर्छ भनेर रद्द गरिदियो। गौशालामा औद्योगिक क्षेत्र स्थापनाका लागि लागि सुआनको टिमले लगानी बोर्डका पूर्व सीईओ महाप्रसाद अधिकारी, पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग समेत भेट्यो।
तर यो योजनाका लागि पनि स्वीकृति पाउन सकेनन्। यो योजनाका लागि प्रक्रियामै एक वर्ष बित्यो। सरकारले स्वीकृति दिएन। आफ्नो योजनाका बारेमा उनले विभागका तत्कालिन महानिर्देशक जीवनप्रकाश सिटौलासँग भेट्न चाहे। तर उनले पनि सजिलै समय दिन मानेनन्। ’मैले जबर्जस्ती गरेपछि उनी भेट्न तयार भए। त्यसको केही समयमै विभागमा नयाँ महानिर्देशक आए। उनलाई भेट्न मलाई दुई महिना कुर्नु पर्योो,’ सुआनले भने। नव जन
फेसबुकबाट तपाईको प्रतिक्रिया !