- काठमाडाैँ,माघ १४ गते बुधबार ।।
- जनप्रभाव न्यूज
सेना र शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका प्रतिनिधि सहितको संयुक्त पट्रोल टोलीले उक्त राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट २५ नाल भरुवा बन्दुक बरामद गरी राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ ।
यही माघ ७ गतेदेखि ११ गतेसम्म स्थानीय जन प्रतिनिधिहरुको सहयोगमा उक्त अभियान चलाइएकाे थियाे । साे क्रममा ७ गते डाेल्पाकाे जगदुल्ला गाउँपालिकाबाट स्थानीय जन प्रतिनिधिको रोहवरमा १६ नाल भरुवा बन्दुक बुझेको थियो भने ११ गते गते साेही गाउँपालिकाको सिम्लौना भन्ने स्थानमा रहेको गोठमा सर्च गर्दा २ नाल थप भरुवा बन्दुक फेला परेको थियो । साेही दिन डोल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष, मध्यवर्ती अध्यक्ष तथा स्थानीयको रोहवरमा पुन: थप ७ नाल भरुवा बन्दुक बुझेको जंगी अड्डा स्राेतले जनाएकाे छ ।
यसैगरी ११ गते नै बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत दाङ्गकाे बबइ गाउँपालिका-१ को खयरखुट्टिस्थित स्थानिय व्यक्तिको घरबाट समेत १ नाल भरुवा बन्दुक बरामद गरी बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ ।
स्थानीय जन-प्रतिनिधिहरुको सहयोगमा भरुवा बन्दुकजस्ता हातहतियारहरु सरकारी निकायलाई हस्तान्तरण गर्नु अति नै प्रशंसनीय कार्य रहेको र यसबाट स्थानियवासीहरु सचेत हुँदै गएको देखिन्छ । यस प्रकारका पहलकदमीले निकुञ्ज तथा आसपास ईलाकामा हुने गरेका चोरी शिकारी तथा अवैध गतिविधि नियन्त्रणमा आउने नेपालीकाे विश्वास छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !