- सल्यान,माघ १४ गते बुधबार ।।
- जनप्रभाव न्यूज
सल्यान प्रहरीको सक्रियताले बसमा छुटेको एक उपभोक्ता समितिको ४ लाख नगद सकुशल भेटिएको छ ।
सल्यानको श्रीनगरबाट ढोरचौरतर्फ नगद ४ लाख बोकी बसमा यात्रा गर्ने क्रममा छुटेको भनी खबर गर्नसाथ ईलाका प्रहरी कार्यालय थारमारेको प्रहरी टालीले खोजतलास गर्ने क्रममा सो पैसा फेला पारेको हो ।
उक्त ४ लाख नगद प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।
मंगलबार दिउँसो चारलाख रुपैया बोकी सिद्दकुमाख गा.पा.वडा न.४ खारबनका मान बहादुर रोका श्रीनगरबाट नम्बर थाहा नभएको बसमा चढी ढोरचौर झरेको र केही छिनपछि उक्त रकम सहितको झोला बसमा छुटेको भनी जिल्ला प्रहरीलाई खबर गर्नसाथ जिप्रका सल्यानले श्रीनगरबाट थारमारेतर्फ जाने बसहरुको चेकजाँच गर्न निर्देशन दिएको थियो ।
गाडीहरुलाई चेकजाँच कै क्रममा ईप्रका थारमारेको प्रहरी टोलीले ना५ख७७६१ नम्बरको बसमा नगद रु चारलाख सहितको कालो झोला फेला पारेको हो ।
उक्त फेला पारेको रकम सिद्दकुमाख गा.पा.वडा नं. ४ खारबनस्थित जलश्रोत उपभोक्ता समिति निर्माण योजनाको पहिलो किस्ताको भएको जिल्ला प्रहरी सल्यानका प्रबक्ता वलीले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !