Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कार्यकाल सफल बनाएर लहानबाट धुमधामका साथ बिदा भए डीएसपी शरत कुमार थापा क्षेत्री


  • लहान ,माघ १४ गते बुधबार ।।
  • जनप्रभाव न्यूज


शान्ती सुरक्षाको दृष्टिकोणले अत्यन्तै चुनौतीपूर्ण मानिएको लहानमा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरत कुमार थापा क्षेत्रीले आफ्नु १३ महिना कुशलतापुर्वक बिताउनुभएको छ । ईलाकाका प्रिय प्रहरी प्रमुखका रूपमा मात्रै होईन आफ्नु छुट्टै पहिचान समेत बटुल्न सफल हुनु भएका डीएसपी थापा एक ब्यावसायीक, निष्ठावन र सदाचार प्रहरी अधिकृतका रूपमा समेत रहेको चर्चा प्रहरी भित्रभित्रै हुने गर्छ ।

प्रहरी संगठनप्रति दाग आउन दिनुहुन्न, संँगठनको ओहोदा र पदिय मर्यादाको सदैव ख्याल गर्नुपर्छ । इमान्दारीतालाई कहिल्यै मर्न दिनुहुन्न भनी विशेष जोड दिदै आएका उहाँलेे आइजी साबबाट भएको निर्देशिकाको सदैव अक्षरंश पालना गर्दैआउनु भएको छ । आइजी साब र गृहमन्त्री ज्युको निर्देशनलाई पालना गर्ने म एउटा सिपाही मात्रै हुँ भन्नुभएको संगठनको आस्थाप्रति सदैव चल्दै आउनु भएका उहाँले जनताको आड भरोसालाई कहिल्यै मर्न दिनुभएनन् ।

सदैव कानुनको दायरा र ओहोदामा रही अघि बढ्ने उहाँ लहान आएपछि झन् शिखरको चुचुरोमा पुग्नु भयो । अन्यायमा परेकालाई न्याय दिने, दिन दु:खीको सहारा बन्न पाउँदा आनन्दित मात्रै हुनुभएको छैनन् की प्रफुल्लित समेत हुनुभयो । जागीरको यो दौरानमा उहाँ कयौं ठाउँमा सरुवा हुनुभयो । जहाँ बसेपनि जनताको जनताको सेवा गर्नुभयो । उहाँले लहान आएर पनि धेरै उपलब्धिमूलक कार्य गर्नुभयो ।

१३ महिना अघि ईलाका प्रहरी कार्यालय लहानको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डीएसपी थापाले सबैलाई कानुनी दायरामा ल्याउने उहाँको यो प्रशंसनीय काममा यहाँका विभिन्न पेशामा आबद्ध संघसंस्था ,संचारकर्मी , बुद्धिजिवी, र ब्यापार ब्याबसायमा होमिएका ब्याबसायी लगायत पदस्थ ब्यक्तिहरुले खुलेरै प्रसंशा गर्छन् । त्यति मात्रै होइन छोटो अवधिमै उनलेे बदनाम प्रहरीलाई तह लगाइ छाड्नुभयो, लहानको जिम्मेवारी पाए सँगै पहिले आफ्नो संगठनका केही बदनाम साथै बिवादित प्रहरीलाई सुधार गर्नुभयो । लामो समयसम्म ईलाकामा एकछत्र राज गर्नेलाई दरबन्दीमै फिर्ता गर्नुभयो, अन्यत्र दरबन्दी भएकालाई उहाँले तब हटाउनुभयो ।

यस्तै, फरार रहेका अभियुक्तलाई पक्राउ गर्न भारतसँग समन्वय गरी अपराधी समात्न समेत टोली त्यसतर्फ पठाउनुभयो । लामो समयदेखि प्रहरीकै सेटिङ्गमा सञ्चालनमा हुँदै आएको अबैध ढुंगा, गिट्टी, बालुवाको उत्खननलाई समेत भताभुंग नै भयो । चोरी डकैतीमा उल्लेखनीय भुमिका हात पार्न सफल भए, देहब्यापारलाई समेत नियन्त्रणमा लिन सफल भए, जुवाखाल बन्द गराइ छाड्नुभयो भने लागुऔषध बिक्री वितरणमा संलग्न, फरार ब्यक्ति, लगायत गैरकानुनी गतिविधिमा संलग्न ब्यक्तिलाई नियन्त्रणमा लिन उहाँले सूची नै तयार पार्नुभयो ।

उहाँकै कार्यकालमा युवा पुस्तामा देखिएको लागूऔषध दुर्व्यसनले अपराध हुने गरेको र यसलाई पहिलो सूचीमा राखेर कामकार्वाहीलाई अगाडि बढाएको उहाँ बताउनुहुन्छ । त्यसबाहेक बैदेशिक रोजगारमा गएका परिवारको विचलन, यौन हिंसा, महिला हिंसा बढ्दै गएको उहाँको निष्कर्ष छ ।

उहाँले नागरिकस्तरबाट आएका गुनासोलाई यथोचित ढंगले सुनुवाइ गरी ‘अन द स्पोर्ट्’ कानुनी दायराभित्र ल्याउन समेत उल्लेखनीय भुमिका समेत खेल्नुभयो । उहाँको कार्यकालमा ईलाकामा कुनै पनि अपराधीक घटना घट्नु पूर्व पहिल्यै नै सावधानी अपनाउन ठाउँठाउँमा सादा पोशाकका प्रहरी परिचालन मात्रै गरेनन् की ईलाकालाई शान्त र सुरक्षित एवं भयरहित बाताबरणमा नागरिकले बाँच्न पाउने अधिकारलाई समेत आत्मसात गर्दै ‘थ्री एस’ अप्रेसन नै तयार पारी सोही अनुसारको सुरक्षा रणनीति समेत तयार पारे भने , प्रहरीमाथि प्रहरीकै निगरानी गर्न समेत उहाँ लाग्नुभयो ।

कुनै पनि घटना घटिहाले त्यसमा संलग्न अभियुक्तलाई फरार भएको समयदेखि दुई साताभित्र आफ्नो नियन्त्रणमा लिन सफल भइ छाड्ने थापाले हवल्दार सुरेन्द्र यादवको कमान्डमा प्रहरी जवान चिरंजिबी चौधरी २ जनाको मात्रै सादा पोशाकका प्रहरी परिचालन गर्दै थोरै प्रहरीका बाबजुद ठुलो सफलता हासिल पार्न आफ्नो टिम सफल भएको भन्दै आफ्नो संगठन र उनीहरुले देखाएको क्रियाक्रलाप प्रति प्रशंसा समेत ब्यक्त गर्नुभयो ।

पछिल्लो समय जसरी उहाँ राज्यले दिएको जिम्मेवारी इमान्दारीपुर्वक वहन गर्नुभयो । त्यस्ले नागरिक समेत दंग छन् । जनताको स्नेह र सद्भाव पाउँदा उहाँले आफ्ना थुप्रै निजी आकांक्षाहरुको समेत तिलाञ्जली दिनुभएकै कारण उहाँ सोमबार महानगरीय प्रहरी परिसर, ललितपुरमा रवाना लिएर गएसंँगै स्थानीय डाँको छोडेर रोएका थिए । थापा जस्ता केही प्रहरी अधिकृत मात्रै भए संगठन आशा लाग्दो किरण झैँ चम्किरहन्थ्यो । डीएसपी थापा नेपाल प्रहरीको एउटा सक्षम र आशा लाग्दा भविष्यका उज्ज्वल प्रतिक हुन् ।

१३ महिनामा उल्लेखनीय कार्य

ईलाका प्रहरी कार्यालय लहानमा आर्थिक वर्ष २०७६÷०७७ मा २४९ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् । जसमध्ये १६९ वटा फस्र्यौट भएका छन् । अधिकांश मुद्दा डिएसपी थापाकै पालामा टुंगो लागेको छ । उनी लहानमा ०७६ पुस १५ गतेदेखि आएका थिए । चालु आर्थिक वर्ष ०७७÷०७८को हालसम्ममा ११५ वटा मुद्दा दर्ता भएको जसमा ५० वटा फस्र्यौट भएको छ ।

चालु आवमा लागुऔषधको ४९ वटा मुद्दामा ६१ ज्ना प्रतिवादीहरुलाई पक्राउ गरेका छन् । उनीहरुको साथबाट ११८ किलो गाँजा, ५१३ ग्राम ब्राउन सुगर, २०० मिलिग्राम सेतो हिरोइन, १४०७ नाइट्रोभेट ट्याब्लेट, १९३१ फेनारगन, २८० बोतल डाइलेक्स डिसिलगायत लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

भारतबाट भन्सार छली गरी नेपाल भित्रयाइरहेका अवस्थामा आर्थिक वर्ष ०७६÷०७७ मा १ करोड ३ लाख ६१ हजार ७७७ रुपैयाँको समान बरामद र १६ जना मानिसलाई नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको थियो । त्यसैगरी चालु आवमा २७ लाख ७८ हजार ३३४ रुपैयाँको बराबरको सरसमान र ३ जनालाई भन्सार पठाएको छ । उनी आफ्नो एकवर्षे कार्यकालमा १७ जना फरार प्रतिवादीलाई पक्राउ गरेका छन् । उनीहरुबाट ४ लाख २६ हजार ७७३ रुपैयाँ रुपैयाँ राजश्व असुलउपर भएको छ ।

यसैगरी लहान प्रहरीले उनको कार्यकालमा ४ विघा १३ कठ्ठा जग्गाको २७ हजार ७९० वोट गाँजा फडानी गरेको छ । प्रहरीका अनुसार चालु आव ०७७÷०७८ को हालसम्ममा घरेलु मदिराको कच्चा पदार्थ ३२ हजार ८८९ लिटर, तयारी मदिरा १० हजार ६४० लिटर, १८९ वटा मदिरा बनाउने भाडाकुडा र २ वटा मेसिन बरामद गरी नष्ट गरेका छन् । अवैध रुपमा गिट्टी बालुवा उत्खन्न नियन्त्रण गर्न ४९ वटा ट्याक्टर कारवाहीका लागि लहान नगरपालिकामा बुझाएको थियो । जसबाट २ लाख ४५ हजार राजश्व असुली भएको छ ।

प्रहरी चौकीहरुमा थप काम

लहानको नगर प्रहरी सडक विभागको एउटा कोठामा सिमित थिए । सैनिकले आफ्नो ब्यारेक हटायो । त्यही ब्यारेक अब प्रहरी बस्न व्यवस्था मिलाउन डिएसपी थापाले पहल थाले । अहिले सरकारको अधिकारिक निकायहरुको काम सकेर १ विघा ५ कठ्ठा ६ धुर जग्गा प्रहरीको नाममा आएका छन् ।

यसैगरी, पक्की टोल प्रहरी चौकीका लागि नयाँ पक्की घर निर्माणाधिन अवस्थामा छ । धनगढीमाई नगरपालिका १२ विष्णुपुरकट्टिका प्रहरी चौकीका लागि पनि ५ कठ्ठा जग्गा बाटोसहित प्राप्त गरेका छन् । त्यसैगरी पहिलेको जग्गामा ४ धुर थपेर भगवानपुर गाउँपालिकाको ठाडी प्रहरी चौकीमा काम अगाडी बढाइएको छ ।

लहान बजारमा शान्ति सुरक्षा कायम गर्न ठाउँठाउँमा सिसिटिभी जडान गराइएको छ । डिएसपी थापाका अनुसार आफुले कानुनी परिधिभित्र रहेर कामहरु गरेका छौँ । सेवाग्राहीहरुले यसको मुल्याकंन गर्नेछन् ।
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh