- लहान,माघ १३ गते मंगलवार ।।
- जनप्रभाव न्यूज
ईलाका प्रहरी कार्यालय लहान ( क ) का प्रमुख प्रहरी नायब उपरीक्षक ( डीएसपी ) शरत कुमार थापा क्षेत्री लहानबाट सरुवा हुनु भएको छ । आफ्नो कार्यकालमा लहानको शान्ति सुरक्षा कायम गर्न र अपराध नियणत्रण गर्न सहासिक भूमिका निर्वाह गर्नु भएकोमा ईलाकाभरि नै उहाँँको कार्यको प्रशंसा हुन थालेका छन् ।
लहान नगरप्रमुख मुनि साह डीएसपी थापाको खुलेर प्रशंसा गर्दै जनप्रभावसँग भन्नुभयो, अपेक्षाकेत उहाँले समग्र लहानकै पक्षमा राम्रो काम गरेर जानु भयो लहानको सड्क फराकिलो गर्न तत्कालिन प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी र डीएसपी थापाले सघाउनुभयो । हुन त कमि कमजोरी प्रशंसा गुनासो हरेक पदमा रहेका हरेक व्यक्तिको हुन्छ नै तर समग्रमा उहाँको कार्यकाल सफल नै रहयो ।
सखुवानन्कारकट्टि गाँउपालिकाका अध्यक्ष केदारनाथ यादवले समेत मुक्तकण्ठाले डीएसपी थापाको कार्यकालको सराहना गर्दै उहाँले दलीय नेताको अनुहार नहेरी प्रहरीले गर्नुपर्ने काम शालिन तरिकाले गरेर जानुभयो । ईलाकाका हरेक प्रहरी चौकीलाई सहि तरिकाले परिचालन गरेर सामाजिक शान्ति सुरक्षा कायम गर्नुको साथै लागु औषध नियणत्रणको लागि समेत राम्रो काम गर्नुभयो ।
भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादव भन्नुहुन्छ, लहानमा डीएसपी थापाको राम्रो रहयो । लहान जनताले यस्ता प्रहरी प्रमुखहरुलाई सधै नजरमा राखि रहने छ ।
समग्र जन उत्थान केन्द्रका निर्देशक तथा मानव अधिकारकर्मी देवराज पोखरेलका अनुसार उहाँ लहानको बस्तु स्थिति राम्रोसँग अध्ययन गरेर सीमा सुरक्षा,लागु औषध नियणत्रण र कोभिड–१९ को महामारीमा समेत राम्रो भूमिका निर्वाह गर्नुको साथै प्रहरीको बारेमा आएका जन गुनासोहरुलाई समेत सुनेर सुधार गर्न लाग्नुको साथै हरेक क्षेत्रमा उत्तिकै सक्रिय प्रहरी प्रमुखको रुपमा उहाँलाई लहान जनताले सम्झिरहनुपर्ने धारणा राख्नुभयो ।
महिला मानव अधिकारकर्मी रेणु कर्ण भन्नुहुन्छ, लैङिगक हिंसालाई न्युनिकरण गर्न, संघ संस्थाहरुसँग हातोमालो गरेर अघि वढ्न उहाँको भूमिका प्रशंसनीय रहयो । जहाँ कडा हुनुपर्दथ्यो त्यहाँ कडा पनि हुने जहाँ नरम भएर शान्ति हुन्थ्यो त्यहाँ नरम रुख समेत अपनाउने परिस्थितिलाई बुझ्न चतुर डीएसपीको रुपमा उहाँलाई लिन सकिन्छ ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)द्वय शरत कुमार थापा क्षेत्री विदाइ भएका छन् ।
ईलाका प्रहरी कार्यालय लहानमा सोमबार आयोजित कार्यक्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी ) तपन दहालले डीएसपीद्वय शरत कुमार थापा क्षेत्रीलाई बिदाइ गरेका हुन् । थापाको सरुवा भएपछि बिदाइ गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !