-
जनकपुरधाम ,माघ १३ गते मंगलवार ।।
-
जनप्रभाव न्यूज
अख्तियार दुरुप्योग अनुसन्धान आयोगको १६ जनाको टोलीले यातायात कार्यालय जनकपुरमा छापा मारेको छ । यातायात कार्यालय प्रमुख विरेन्द्र साह सहितको कर्मचारीहरुले नियन्त्रणमा लिएको हो ।
मांगलबार सांझ ७ बजे अख्तियार दुरुप्योग अनुसन्धान कार्यालय, बर्दिबास महोतरीका ईन्सपेक्टर राजु कुर्मीको नेतृत्वमा यातायात कार्यालयमा छापा मार्दा कार्यालय प्रमुख साह सहित अन्य कर्मचारीहरुको कोठाको टेबुल, सोफा, कारपेट मुनि तथा कुनाकप्चामा लुकाई राखेको रकम सहित नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले कार्यालय प्रमुख साह सहित कार्यालयमा खोजतलास गर्दा हालसम्म लगभग २ लाख ५० हजार रकम फेला परेको छ । कार्यालय प्रमुख साह सहित तीन जना कर्मचारी अख्तियारको नियन्त्रणमा छ । अन्य कर्मचारीहरुको खोजीकार्य भईरहेको जनाईएको छ । उनीहरु अख्तियारले छापा मारे संगै सम्पर्क विहिन बनेका छन् ।
अख्तियारको टोली अनुसार कार्यालय खोजतलास सक्न रातीको ११/१२ बजे सम्म समय लाग्नेछ ।
